मेलमिलापबाट दुई पक्षले केही प्राप्त गर्ने गर्ने छन् ः न्यायधिस कुमार रेग्मी

मेलमिलापबाट दुई पक्षले केही प्राप्त गर्ने गर्ने छन् ः न्यायधिस कुमार रेग्मी

  • Kandara Samachar

  • शनिबार, जेष्ठ ४, २०८२

  • 140
    SHARES
मेलमिलापबाट दुई पक्षले केही प्राप्त गर्ने गर्ने छन् ः न्यायधिस कुमार रेग्मी

धादिङ
मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वाेच्च अदालतका न्यायधिस कुमार रेग्मीले मेलमिलापबाट विवाद समाधान हुँदा विवादित पक्षहरुले केही न केही प्राप्त गर्ने बताउनुभएको छ ।
नीलकण्ठ नगरपालिकाद्वारा शनिबार धादिङबेसीमा आयोजना गरेको स्थानीय सरकारबाट प्राप्त हुने न्यायिक सेवा सम्बन्धी अभिमूखिकरण कार्यक्रमको उद्घाटन गर्दै न्याधिस रेग्मीले मेलमिलापबाट जित जितको अवस्था सिर्जना हुने भएकोले यसलाई विवाद भएकै स्थानबाट समाधान गर्न आग्रह गर्नुभयो । न्यायिक समितिले टोल, वडा र विवादित स्थलमै पुगेर स्थानीय न्यायिक समितिले मेलमिलापको माध्यामबाट विवादहरु समाधान गर्दा जितेको अनुभव दुबै पक्षले गर्ने न्यायधिस रेग्मीको तर्क छ ।
विवाद गाउँमा, टोलमा हुने भएकोले जनता र टोलकै जित हुने मेलमिलापकर्ता क्षमतावान हुनु पर्ने बताउँदै न्यायधिस रेग्मीले सबै किसिमका देवानी मुद्दालाई स्थानीय न्यायिक समितिले निवेदन परेपछि छलफल गरेर विवाद टुङ्ग्याउनुपर्ने बताउनुभयो । सहज सेवा प्रवाह र जनताको पहुँचमा सेवा प्रवाह स्थानीय न्यायिक समितिले दिइरहनुपर्ने रेग्मीको भनाइ छ ।
नीलकण्ठ नगरपालिका न्यायिक समितिका संयोजक तथा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नीलदकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगानाले अब नीलकण्ठ नगरपालिकाको न्यायिक समितिले परेका उजुरीहरु समयमै किनारा लगाउन आग्रह गर्दै नीलकण्ठ नगरपालिकाले यसवर्षबाट योजना बेँक बनाएर नगरपालिकाको कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।
जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाले न्यायिक समितिले इजलास, बहस गरेर होइन विवादित स्थलमा पुगेर मेलमिलापको माध्यामबाट समाधान गर्दा नागरिकले न्याय पाएको महसुस गर्ने बताउनुभयो । टोल, चौतारो, गाउँमा पुगेर स्थानीय न्यायिक समितिले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला समन्वय अधिकारी रामाश्रय यादव, जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारी, नीलकण्ठ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषेतम सुवेदी, वडा अध्यक्षहरु, न्यायिक समिति, मेलमिलाप कर्ता, वडा सचिव, लगायतको सहभागिता रहेको थियो । अभिमूखिकरण कार्यक्रमको ललितपुर महानगरपालिका कानुन अधिकृत खगेन्द्रराज वस्तीले सहजीकरण गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar