
धादिङ /
सिद्धलेक गाउँपालिका वडा नम्बर २ तारनलाङ निवासी स्व. चुडामणी अधिकारीको स्मृतिमा अक्षय कोष स्थापना गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
चुडामणी अधिकारीको स्मृतिमा छोराहरु गोकर्ण अधिकारी, बलराम अधिकारी, शम्भु अधिकारी, छाेरीहरु सरिता अधिकारी, लक्ष्मी अधिकारी, पुरुषोत्तम अधिकारी र प्रदिप अधिकारीले पहिलो अक्षर शुभारम्भ गरी विद्यालय तह सम्मको अध्ययन पूरा गरेको सिद्देश्वर मा.वि. मा एक लाख एक हजार एक सय एघार रुपैयाको अक्षयकोषको स्थापना गरेका हुन् ।
२०८१ जेठ १३ गते ७८ बर्षको उमेरमा निधन हुनुभएका अधिकारीको यहि जेठ १ गते परेको वार्षिक पुष्यतिथिको अवसर पारेर अक्षय कोषको चेक विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
स्व. चुडामणी अधिकारीको धर्मपत्नी आत्माकुमारी अधिकारी,सिद्धेश्वर माविका प्रधानाध्यापक हरि बहादुर सिलवाल र सिद्धलेक गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शम्भु गुरुङको रोहवरमा चेक हस्तान्तरण गरिएको हो ।
अधिकारी परिवारको निजी निवास, सिद्धलेक–२, तारनलाङमा भएको चेक हस्तान्तरण कार्यक्रममा सिद्धलेक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवाल, सिद्धेश्वर माविका प्रधानाध्यापक हरिवहादुर सिलवाल, सिद्धलेक -२ का वडाअध्यक्ष शम्भु गुरुङ ,साविक मैदी गा. वि. स. का पूर्व अध्यक्ष रामप्रसाद अधिकारी, पूर्व शिक्षक एवम समाजसेवी रेकनाथ शर्माले अक्षय कोष स्थापनाबाट हुने उपलव्धिका वारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा सिद्धेश्वर माविका शिक्षक कर्मचारी, नसिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टंकनाथ शर्मा,नेकपा एमाले सिद्धलेकका अध्यक्ष रामहरि बराकोटी, सचिव चेतनाथ सिलवाल, उपसचिव राजु उपाध्याय र लक्ष्मी वराम, नेकपा एमाले जिल्ला कमिटी सदस्य सचिवालय सदस्य वेनि पाठक,जिल्ला कमिटी सदस्य इश्वरी अर्याल लगायतको उपस्थिति रहेको थियो