टहरामा बसेकाे ११ वर्षपछि सेमजाेङमा प्रहरीलाई भवन

टहरामा बसेकाे ११ वर्षपछि सेमजाेङमा प्रहरीलाई भवन

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन २२, २०८१

  • 126
    SHARES
टहरामा बसेकाे ११ वर्षपछि सेमजाेङमा प्रहरीलाई भवन

धादिङ । 

धादिङकाे नेत्रावती डबजाेङ गाउँ पालिका वडा नम्बर ३ सेमजाेङमा ११ वर्षसम्म छाप्रामा बसेकाे नेपाल प्रहरीले अब पक्की भवन पाएकाे छ ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामीछाने र बागमती प्रदेश प्रही प्रहरी नायव महानीरिक्षक कृष्णहरी शर्माले नवनिर्मित भवनकाे उद्घाटन गर्नुभयाे । भवन उद्घाटनसंगै प्रहरी चाैकी सेमजाेङकाे सेवा समेत साेहि भवनबाट सुरु गरिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयाे ।

११ वर्षअघि सेमजाेङमा शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी चाैकी स्थापना गरिएकाे थियाे ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्राल १ कराेड ६४ लाख ३१ हजार २ सय ४१ को लागतमा प्रहरी चौकी सेमजोङ, धादिङको भौतिक संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयाे ।

दुई चरणमा निर्माण गरेर भवन निर्माण भएकाे हाे ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिनियाेजन गरेकाे ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि  हालसम्म ६८ वटा प्रहरी इकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधिन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामीछानेले बताउनुभयाे ।

नवनिर्मित भवनको भुई तल्लामाकार्यालय प्रमूख कक्ष, छुट्टा छुट्टै शौचालय सुविधा सहितकोछुट्टाछुट्टै महिला/पुरुष हिरासत कक्ष र गार्ड रुम सहित ४ वटा कोठाहरू ११५ डबर्ग मिटरमा ब्यवस्थापन गरीएकोछ भने यसै भवनको पहिलो तल्लामा छुट्टा छुट्टै शौचालय सुविधा सहित महिला व्यारेक १ वटा, पुरुष ब्यारेक २ वटा र मनोरञ्जन कक्ष समेत रहेकाे छ

कार्यक्रममा  नेत्रावती डबजाेङ गाउँ पालिका अध्यक्ष मेघनाथ रिजाल, निमित्त प्रमुख जिल्ला अधिकारी  माेहन न्याैपाने, जिल्ला प्रहरी कार्यालय प्रमुख  प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेत्रावती डबजाेङ गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar