महिलामानवअधिकार रक्षकलाई क्षमता बढाउन तिनदिने तालिम

महिलामानवअधिकार रक्षकलाई क्षमता बढाउन तिनदिने तालिम

  • Kandara Samachar

  • बुधबार, फाल्गुन ७, २०८१

  • 430
    SHARES
महिलामानवअधिकार रक्षकलाई क्षमता बढाउन तिनदिने तालिम

– नानु कार्की/धादिङ ।

महिला मानवअधिकार रक्षकहरुका लागि क्षचमता विकास सम्बन्धी तिन दिने तालिम धादिबेसीमा सम्पन्न भएको छ ।
सहयात्री समाज नेपाल र महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल को आयोजनामा धादिङका १३ पालिकाबाट महिलामानवअधिकार रक्षकहरुका लागि तालिम संचालन गरिएको हो ।
तालिममा महिलाहरुको कानुनी अधिकारसंग सम्बन्धित विषयहरुमा तालिम संचालन गरिएको थियो । तालिममा महिलाको देवानी कानुन, विवाह, सम्बन्ध विच्छेद, अंश, आदि यसै गरी अपराध संहितामा बालविवाह बहुविवाह, जबरजस्ती करणी, मानव वेचविखन, घरेलुहिंसा, आदिको बारेमा तालिम दिएको थियो ।
यसैगरी प्रभावित केन्द्रित प्रणाली, रिफरल पाथवेको बारेमा तालिममा सहजीकरण गरिएको थियो । तालिममा जिल्ला अदालतको न्यायधिस मनकुमारी वि.क जिएम, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, अधिवक्ता तोलाकुमारी पाठक, जिल्ला अस्पताको ओ.सी.एम.सी फोकल पर्सन विद्या वि.क, अधिवक्ता राधिका सापकोटा, मनोविमर्शकर्ता गायत्री खतिवडा लगायतले तालिमको सहजीकरण गर्नु भएको थियो । तालिममा १३ पाकिलाका ३२ जना महिला मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।
तालिमबाट महिला मानवअधिकार रक्षकहरुले सीप सिकेर महिला अधिकारका रक्षा र सम्वद्र्धन लागि क्रियाशिल हुने, अप्ठेरोमा परेकाहरुलाई सुुझाव र सल्लाह दिने र कानुनी जानकारीले महिलाहरुलाई कानूनी रुपमा समेत सहयोग गर्न सकिने सहभागिहरुले बताएका छन् ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar