धादिङ प्रेस चाैतारीमा श्रेष्ठ निर्वाचित, अधिकारीलाई कृयाशील पत्रकारिता पुरस्कार

धादिङ प्रेस चाैतारीमा श्रेष्ठ निर्वाचित, अधिकारीलाई कृयाशील पत्रकारिता पुरस्कार

  • Kandara Samachar

  • शनिबार, माघ १९, २०८१

  • 237
    SHARES
धादिङ प्रेस चाैतारीमा श्रेष्ठ निर्वाचित, अधिकारीलाई कृयाशील पत्रकारिता पुरस्कार

धादिङ ।

प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ, महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सहसचिवमा विनोद तमु र विरमान तामाङ चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा रिताकुमारी सारु (चिनो), अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य चयन भएका छन् ।

जिल्लाको सदरमुकाम धादिङबेशीमा प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११औं जिल्ला अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी भुजेल, रिता कुमारी सारु (चिनो), सुदिप अधिकारी र बिरमान तामाङ चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी, तारा रिजाल, श्रीहजुर सिल्वाल, नानु कार्की चयन गरेको हो ।

उद्घाटन समारोहको सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् इन्चार्ज खेम लोहनीले पार्टीले प्राप्त गरेको हरेक उपलब्धिमा प्रेस चौतारीको महत्वपूर्ण भूमिका रहेको बताए । ‘पार्टीले गरेका कामहरुको प्रचारप्रसारमा पत्रकार तथा संचारमाध्यमले ठूलो भूमिका खेल्दै आएको छ’ उनले भने– ‘प्रेस चौतारीसँग अझै थप सहकार्य हुनेछ । प्रेस चौतारीलाई पार्टी कस्तो सहयोग गर्न पर्नेछ । पार्टी र संगठनलाई बलियो बनाउन घनिभूत रुपमा छलफल गरेर अघि बढौं ।’

त्यस्तै, प्रेस चौतारीका नेता विष्णुमणी सुवेदी, प्रेस चौतारी नेपालका केन्द्रीय समितिका उपाध्यक्ष द्धय गणेश पाण्डे, राजेश राई, महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, सदस्य शालिग्राम नेपाल, धर्मन्द्र दाहाल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले प्रेस चौतारीलाई थप उचाईमा पुर्याउन र पार्टीको एजेण्डा र लक्ष्य सफल बनाउने काममा प्रेस चौतारीले थप अब्बल भूमिका खेल्ने बताएका छन् ।

यस वर्षकाे प्रेस चाैतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट २०६३ देखि पत्रकारिता गर्दै अाउनुभएका उपेन्द्र अधिकारीलाई दिएकाे छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar