रुबीभ्यालीमा बन संरक्षण क्षेत्र घोषणाको तयारी

रुबीभ्यालीमा बन संरक्षण क्षेत्र घोषणाको तयारी

  • Kandara Samachar

  • बिहिबार, मंसिर २०, २०८१

  • 158
    SHARES
रुबीभ्यालीमा बन संरक्षण क्षेत्र घोषणाको तयारी

धादिङ ।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका गणेश हिमाल, प्यलदोर पिक समेतलाई समेटेर उपभोक्ताको अधिकार सुनिश्चित हुनेगरि बन ऐन २०७६ दफा १५ अनुसारबन संरक्षण क्षेत्र घोषणाको तयारीमा बागमति प्रदेश वन तथा वातावरण मन्त्रालय लागेको छ ।
बागमति प्रदेश बन तथा वातावरण मन्त्री कृष्ण सिलवालले रुबीभ्याली क्षेत्रको सोमदाङ, पाङसाङ, लब्दुङ, सेर्तुङ, लगायतको क्षेत्रको स्थलगत अध्यायन समेत गरेर जनताको अधिकारलाई सुनिश्चित गर्न, बन तथा वातावरण संरक्षण गर्न, जनताको एकिकृत विकास गर्नका लागि बन संरक्षण गर्ने र पर्यटन विकासमा जोड दिनका लागि बन क्षेत्र संरक्षण गर्नुपर्ने बताउनुभयो । े
मन्त्री सिलवालले उर्वर भूमि भएपनि अबसर र पहुँचबाट वंचित भएको पाइएकोले धादिङबेसी रुबीभ्याली सोमदाङसम्मको सडक, पदमार्ग, वातावरण संरक्षण गर्दै स्वर्गको टुक्रा रुबीभ्यालीलाई समृद्ध बनाउन लाग्ने बताउनुभयो ।
डिभिजन बन कार्यालय धादिङले धादिङबेसीमा आयोजना गरेको एक छलफलमा कार्यलय प्रमुख डिभिजन बन अधिकृत विष्णुप्रसाद आचार्यले सामुदायिक बनका उपभोक्ताहरुको संजाल बनाएर उपभोक्ताहरुको अधिकार र विकासका लागि बन ऐन २०७६को दफा १५ बमोजिम बन संरक्षण क्षेत्रका लागि अध्ययान गरिएको बताउनुभयो ।
जैविक विविधता संरक्षण, पर्या पर्यटन प्रवद्र्धन, जिविको पार्जनमा सुधार, गर्ने गरि यस किसिमको नमूना योजना ल्याइएको आचार्यको भनाइ छ । जैविक मार्ग निर्माण, पदमार्ग विस्तार, ऐतिहासिक, धार्मिक, साँस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै स्थानीय समूदायको आवस्यकता, विकास जिवनस्तरमा सुधार गर्ने खालका कार्यक्रमहरु सामुदायिक बन संजालमार्फत विकास र पूर्वाधारका एकिकृत योजनाहरु ल्याउनेगरि योना बनाइएको आचार्यले बताउनुभयो । रुबभ्यिाली गाउँपालिकामा १६ ओटा सामुदायिक बनहरु रहेको छ भने बन संरक्षण क्षेत्रमा गंगाजमुनाको रि क्षेत्रको वडा नम्बर १ र २, खनियाबास गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाहरु समेटेर वृहत योजना रहेको पाइएको छ ।
गणेश हिमाल, प्यालदोर पिक, कालोदह, सेतो दह, पाङसाङपास, गणेशकुण्ड, पासाङचोक, तातोपानी, सिङला लगायतका क्षेत्र समेटेर बन संरक्षण क्षेत्र घोषणा गर्न लागिएको आचार्यले बताउनुभयो ।

डिभिजन बन कार्यालय धादिङले संरक्षण क्षेत्रको अध्यायन अनुसन्धानका साथै बन नर्सरी, सालक संरक्षण, नक्षत्र बाटिका लगायतका नमूनायोग्य कार्यक्रम समेत संचालन गरिरहेको छ ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar