रामहरि थापा/धादिङ ।
लैंगिक हिंसा अन्त्य गर्नका लागि स्थानीय बासी र सराेकारवालाबिच अन्तरक्रिया कार्यक्रम बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर २ ताल्तीमा सम्पन्न भयाे ।
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत २ नम्बर वडा कार्यालयलेले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा गाउँमा हुने घरभित्रकाे हिंसा, बालबिबाह बहुविवाह आदि कारणले हिंसा हुने गरेकाे सराेकारवालाहरुले बताएका छन् ।
गाउँ घरमा भएका लैंगिक हिंसा अन्त्यगर्न सचेतना गर्ने
र घरघरबाट हिंसा अन्त्य गर्ने कार्यक्रम ल्याउन समेत आग्रह गरिएकाे थियाे ।
कार्यक्रममा वडा अध्यक्ष हेमराज भुजेल, स्थानियबासी, लगायतकाे सहभागित थियाे । वडा कार्यालयले आयाेजना गरेकाे अन्तरक्रियालाई फाेकस नेपाल र दियालाे कृषि साना किसना सहकारी संस्थाले सहयाेग गरेकाे थियाे ।