महिलालाई दिने आशिर्वाद बदलेका छाैँ ः एमाले सचिव अर्याल

महिलालाई दिने आशिर्वाद बदलेका छाैँ ः एमाले सचिव अर्याल

  • Kandara Samachar

  • सोमवार, मंसिर १७, २०८१

  • 162
    SHARES
महिलालाई दिने आशिर्वाद बदलेका छाैँ ः एमाले सचिव अर्याल

नानू कार्की/धादिङ ।

नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्यालले महिलालाई दिने पुरानो आर्शिवाद बदलेको बताउनुभएकोछ।
नेकपा उमालेधादिङले धादिङबेसीमा आयोजना गरेको प्रशिक्षण तथा महिला भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अर्यालले “राम्रो बर पावस र राम्रो घर गरोस ” भन्ने आर्शिवाद बदलेर प्रधानमन्त्री बनोस, मन्त्री बनोस्, प्रधानन्यायधिसबनोस मूख्य सचिव मनोस जस्ता आशिर्वाद महिला आन्दोलन र सचेतनाले बदलेको बताउनुभयो ।
नेकपा एमाले जिल्ला पार्टीकार्यालयमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अबसरमा आयोजित प्रशिक्षणलाई सम्बोधन गर्दै नेकपा एमालेका कारण देशमा परिवर्तन आएको र समावेसीको विषयले कानूनी रुप पाएको एमाले सचिव अर्यालले बताउनुभयो ।
परिवर्तनको स्म्बाहकबनेर सहभागिता, समावेसिता र शशक्तिकरणको विषय एमालेलेमात्र उठाएको बताँदै अर्यालले धर्म, चलन, संस्कृति र समाज महिलामैत्री नभएकोले यो मानिसले नाएको धर्मचलन र संस्कृतिको नराम्रो पक्षलाई बदल्नु पर्नेमा जोड दिनुभयो ।
नेकपा उमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै त्रिपाठीले महिलामाथी हुने हिंसाको विरुद्ध एमाले एक भएर लाग्ने र समामाजिक रुपान्तरका लागि कानूनी रुपमा एमालेले मात्र अहिले सम्म परिवर्तन गरेको बताउनुभयो ।
नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले नेकपा एमालेमा पार्टी सदस्यमध्ये महिलाको संख्या २० प्रतिशतरहेको र कमिटिहरुमा ३० प्रतिशत सहभागिता रहेको तथ्यांक उल्लेख गर्दै महिला शशक्तिकारणका लागि महिलाको सहभागिता र शशक्तिकरणमा जोड दिनु पर्ने बताउनुभयो । नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य कमला शर्माले महिलाको मुक्ति र महिलाहरुको अधिकार नेकपा एमालेले उठाउको मुद्दालेमात्र गर्न सक्ने बताउनुभयो ।
१६ ओटा दिप प्रज्ज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । जिल्ला भरका महिला अगुवा नेताहरुको कायृक्रममा सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar