काठमाडौ
नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको तेस्रो पुर्ण वैठक शनिवार विरोधको वावजुत पनि सम्पन्न भएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय महासचिव पेम्वा भोटे गुरुङलाई कार्वाहिको विषयलाई लिएर विरोध गर्ने थाले पछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थितिमा वैठक सम्पन्न भएको हो । प्रधानमन्त्री ओलीले बैठक चलाउन र निरन्तरता दिन स्थायि कमिटी सदस्य तथा गटकसंठन सयन्त्र इन्चार्ज भानुभक्त ढकाल र नेकपा एमाले स्थायि कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका इन्चार्ज थममाया थापा मगर र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय अध्यक्ष पासाङ शेर्पालाई निर्देशन दिए पछि कार्यक्रम अगाडी वढेको हो ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निर्देशन पछि सुरु भएको वैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उप महासचिव देवराज राईले कार्यक्रम संचालन गरेका थिए । भने महासचिव पेम्वा गुरुङ भोटेलाई निर्वतमान तथा पूर्व महासचिवको रुपमा आसन ग्रहण गर्न अध्यक्ष ओलीको निर्देशनमा आसन ग्रहण गरिएको थियो । भोटेलाई लोकतान्त्रिक आदिवासी जनजाति महासंघ विरुद्ध लागे पछि भाद्र ३ गते महासंघले कार्वाही गरेको थियो ।