बाढीपहिरोमा ज्यान गुमाएकालाई राहत वितरण

बाढीपहिरोमा ज्यान गुमाएकालाई राहत वितरण

  • Kandara Samachar

  • शनिबार, अशोज १९, २०८१

  • 99
    SHARES
बाढीपहिरोमा ज्यान गुमाएकालाई राहत वितरण

धादिङ ।

एकहप्ता अघि परेकाे अविरल वर्षा र बाढीपहिराेमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।
छाक टार्न माछा मार्न गएकाे बेला पानी परेर जाेगिन ओडारमा बसेकाे समयमा ओडार नै पहिरिएर पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका- ६ का जनता भनिने श्यामकुमार चेपाङ र सन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई दुई लाखको दरले राहत रकम वितरण गरिएको छ । नेपाल सरकारले तय गरेको स्वीकृत मापदण्डको आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

निरन्तरको वर्षासंगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की ६ वर्षिया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिनुभयो । कागजात जुटाउने तथा प्रक्रियामा रहेकोले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उहाँको भनाई छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar