गजुरी र बेनिघाट राेराङका २३ विद्यालय पहिराेबाट क्षति

गजुरी र बेनिघाट राेराङका २३ विद्यालय पहिराेबाट क्षति

  • Kandara Samachar

  • शनिबार, अशोज १९, २०८१

  • 57
    SHARES
गजुरी र बेनिघाट राेराङका २३ विद्यालय पहिराेबाट क्षति

धादिङ
गजुरी गाउँ पालिकामा १३ विद्यालय र बेनिघाटराेराङ गाउँ पालिकामा १० विद्यालयलाईपहिराेले क्षति पुर्याएकाे छ ।

तिनदिने लगातारकाे वर्षाले पहिराे लडेपछि बेनिघाट राेराङ गाउँ पालिकाका १० विद्यालयलाई क्षति पुर्याएको छ भने ४ विद्यालयको पठन पाठन समेत बन्द गर्नु पर्ने अवस्था आएको छ ।
बेनिघाटरोराङ वडा नम्बर ८ को सूर्योदय आधारभुत विद्यालय, बेनिघाटरोराङ वडा नम्बर ४ मा रहेको बेलडाडाँ कालिका आधारभुत विद्यालय भवन अगाडी पछाडीबाट पहरो लडेकाकारण पठन पाठन बन्द भएको छ ।

बेनिघाटरोराङ वडा नम्बर २ को सीतामाइ आधारभुत विद्यालयको छानामा ठूलो रुख लडेर थिचेको छ भने कक्षाकोठामा बस्न नसकिने अवस्था आएको छ ।
बेनिघाटरोराङ वडा नम्बर ४ को जनजागृति सिद्ध आधारभुत विद्यालय विद्यालय दुबैतर्फबाट पहिरो लडेकोले पठन पाठन बन्द भएको ।
बेनिघाटरोराङ गाउँपालिकामा १० विद्यालयलाई पहिरोले क्षति पुर्याएको र विद्यालयहरु बन्द समेत भएकोले प्रदेश सरकार र पालिका सरकारलाई तथ्यांक समेत उपलब्ध गराइसकेको बेनिघाटरोराङ गाउँपालिका शिक्षा शाखाका प्रमुख बोधराज पाठकले जानकारी दिनुभयो ।
हर्कपुर मावि, कुनचुरुङ आवि, भँगेरी आवि, बेलडाडाँ कालिका आवि, वागेश्वरी आवि, धुषा आवि, वितेश आवि, र सूर्योदय आविको कम्पाउण्ड वाल लडेको छ भने, विद्यालय जानै नसक्नेगरि अगाडी पछाडीबाट पहिरो लडेको छ ।
यसैगरि गजुरी गाउँपालिकाको १३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । पहिरोले क्षति पुर्याएका केही विद्यालयमा भने पठन पाठन गर्नै नसकिने अवस्था आएको छ । एक जना विद्यार्थीको गजुरी गाउँपालिकामा ज्यान गएको छ ।
नवज्योति आधारभुत विद्यालयको भवनमै क्षति पुगेकोले पठनपाठन बन्द गरिएको छ । वागेश्वरी आधारभुत विद्यालय गजुरी गाउँपालिका वडा नम्बर ३ को भवन चर्केको र अन्य विद्यालयको सबै कम्पाउण्ड वाल पहिरोले लडेको गजुरी गाउँपालिका शिक्षा शाखा प्रमुख शन्तोष पौडेलले जानबारी दिनुभएको छ । थुम्कीडाडा माविका कक्षा १ मा अध्यायनरत विद्यार्थीको मृत्यु भएको छ ।
किराञ्चोक कटुन्जे मावि, छेपाङ मावि, वागेश्वरी आधारभुत विद्यालय गजुरी गाउँपालिका वडा नम्बर ७ किरा१चोक मावि, केउरीनी आधारभुत विद्यालय, वागेश्वरी आवि गजुरी गाउँपालिका वडा नम्बर ३, बतासे आवि, पिण्डेश्वरी आवि, रिठ्ठाबोटे आवि, जुनतारा आविको कम्पाण्ड वाल भत्केको, विद्यालयमा लेदो जमेको र पहिरोले विद्यालयको केही भाग चर्केको विद्यालयहरुले जानकारी गराएको पौडेलको भनाइ छ ।
बाढीपहिरो पछि विद्यालयमा क्षति पुगेको र लगत्तै दशैँ आएका कारण विद्यालय नियमित रुपमा बन्द हुनै लाग्दा विपदका कारण विदा भएपनि दशैँ पछि धेरै विद्यालय मर्मत नगरि बस्न र पढाउन नमिल्ने अवस्थामा पुगेको छ । केही विद्यालयको कक्षाभित्र पस्नका लागि समेत डराउनु पर्ने अवस्था आएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar