रामहरि थापा /धादिङ
गयरातीदेखि बन्द भएकाे पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु सडक एकतर्फी खुलेकाे छ ।
साेमबार बेलुका सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियाे ।
तिनदिन लगातारको वर्षाले कमजोर भएको भुभागमा सोमबार घाम लागेर सुकेको थियो । सडक विस्तारको क्रममा कुनापटी खनेर छाडेको ठाउँमा माथीबाट पहिरो आएर राजमार्ग अवरुछ भएपछि पहिराे लडेकाे हाे ।
राती थप पहिराे लड्न सक्ने भएपछि बिहानमात्र पहिराे हटाईएकाे थियाे ।