झ्याप्ले खाेलाकाे दुईवटा बसमा १४ शब

झ्याप्ले खाेलाकाे दुईवटा बसमा १४ शब

  • Kandara Samachar

  • शनिबार, अशोज १२, २०८१

  • 143
    SHARES
झ्याप्ले खाेलाकाे दुईवटा बसमा १४ शब

प्रविण रिजाल/धादिङ

धादिङकाे धुनीबेसी नगरपालिकाकाे खत्रीपौवामा पहिरोले पुरिएको बसबाट १४ वटा शव निकालिएको छ ।
नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
शनिबार विहानैको पहिरोमा तीन वटा सवारी मध्य बुटवलबाट काठमाडौ आउदै गरेको बसबाट एक महिला र एक पुरुषको शव निकालिएको उद्दारमा संलग्न युवा संघ नेपाल धादिङका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो ।
पहिरो झरेको क्षेत्रमा मोबाइलको नेटवर्कमा पनि समस्या आएको र दिनभर उद्दारमा खटिएका सुरक्षाकर्मीहरुको पनि मोबाइलमा सम्पर्क हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालका अनुसार बसमा चालकसहित १२ जना रहेको बुझिएको छ । ‘गाडीका धनीसंगको कुराकानीमा बुटवलबाट १२ जना र नारायणगढबाट एक जना यात्रु चढेका थिए । उनीहरु कोहिपनि सम्पर्कमा छैनन्’, बसधनीलाई उदृत गर्दै सिलवालले भन्नुभयो ।
पूर्व पश्चिमका जिल्लाहरुबाट राजधानी काठमाडौं प्रवेश गर्ने नौबिसे नागढुंगा सडक बिहिबार साँझदेखि अवरुद्ध छ । अहिले ६ वटा डोजरले पहिरो पन्छाउने काम गरिरहेको छ ।
निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्ड क्षतविक्षत छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar