भूतपूर्व सैनिक प्रहरी संगठनको शुभकामना र वडाखाना कार्यक्रम

भूतपूर्व सैनिक प्रहरी संगठनको शुभकामना र वडाखाना कार्यक्रम

  • Kandara Samachar

  • शनिबार, अशोज १२, २०८१

  • 451
    SHARES
भूतपूर्व सैनिक प्रहरी संगठनको शुभकामना र वडाखाना कार्यक्रम

धादिङ ।

विजयादशमी, तिहार, नेपाल सम्बत, छट लगायतको चाडपर्वहरुको अबसरमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) धादिङको आयोजनामा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) धादिङका अध्यक्ष रेशमबहादुर भण्डारीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा संगठनका अध्यक्ष बिनोद पाण्डेले प्रमुख अतिथिको आसनबाट बोल्दै जनताको सुखदुखमा लाग्दै राष्ट्रिय सुरक्षामा भूतपूर्व सैनिक प्रहरी ंगठनले संगठनमा आवद्ध भएर काम गर्ने बताउनुभयो ।
नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) का पार्टी इन्चार्ज खेममान खड्काले देशको सिमा रक्षा र जनताको सुरक्षामा लाग्ने संगठनले बडा खाना कार्यक्रम गरेर देशमै नयाँ कामको सरुवात गरेको बताउँदै नेकपा एमालेको ९ महिने सरकार, त्यसपछिका सरकारले गरेको राम्रा कामको प्रचार गर्नुभएको थियो ।
शुभकामना कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, संगठन उपमहासचिव मदन केसी, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोकुल अधिकारी, जिल्ला सल्लाहकार उत्तम अधिकारी कार्यसमितिका कोषाध्यक्ष सुब्बा श्रेष्ठ लगायतले शुभकामना दिँदै भूतपूर्व सैनिक प्रहरी संगठनको योगदानको चर्चा गर्नुभएको थियो ।
विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको शुभकामना तथा बडाखाना कार्यक्रममा जिल्लाभरका भूतपूर्व प्रहरी तथा सैनिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रहरी तथा सेनाको व्यारेकमा छँदा हुने बडाखाना कार्यक्रमले विदाको समयमा डिउटीमा खटिएकालाई उत्साह भर्ने र घर जानेलाई विदाइ गर्दै खाना खुवाउने चलनको झल्को दिनेगरि कार्यक्रम आयोजना भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar