पहिरोमा पुरिएर २चेपाङ र खाेलाले बगाएर एक बालिका बेपत्ता बेपत्ता

पहिरोमा पुरिएर २चेपाङ र खाेलाले बगाएर एक बालिका बेपत्ता बेपत्ता

  • Kandara Samachar

  • शनिबार, अशोज १२, २०८१

  • 96
    SHARES
पहिरोमा पुरिएर २चेपाङ र खाेलाले बगाएर एक बालिका बेपत्ता  बेपत्ता

रामहरि थापा/ धादिङ ।
अबिरल वर्षापछि पहिरोले शुक्रबार पुरिएर यठठचेपाङकञञञ बेपत्ता भएका छन् भने एक बालिकालाई खोलाले बगाएर बेपत्ता भएकि छिन् ।
नदीमा माछा मार्न गएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
नदीमा माछा मार्न जान लागेका उनिहरु निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा बस्दा पहिरो लडेर पुरिएको हो । पहिरोले पुरिएपछि बेपत्ता २ जनाको खोजी गर्न नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरि गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाको खोलाले बगाएपछि एक बालिका बेपत्ता भएकि छिन् । ६ वर्षीया बालिका खोलाले बगाएको छ भने मोटरसाइकल समेत खोलाले बगाउँदा हराइरहेको स्थानीइ योगेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
हराउनेमा गजुरी गाउँ पालिका ८ कि छ वर्षीया युना तामाङ रहेकि छन् ।
पानी परिरहेकाेले एकजना स्थानियले माेटरसाईकलमा घरतिर लादै गर्दा बगाएकाे हाे । गाउँमा भाडामा घर लगिदिने करममा तिनजनालाई बगाएकाेमा बालिकाकाे अामा र माेटरसाईकल चालक भने खाेलाबाट निस्केका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar