सुदिप अधिकारी, नानु कार्की /धादिङ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे गल्छी गाउँ पालिका वडा नम्बर ४ र ६ काे सिमाना चिरौदी खोलामा सुख्खा पहिराे जाँदा कार पुरिएर चारजना घाईते भएका छन् ।
सडक माथिबाट सुख्खा पहिरो खस्न जाँदा गजुरी तर्फ बाट काठमाण्डौ तर्फ जादै गरेको ग २ च ७८८५ नम्बर कार पुरिएको छ । कारमा सवार ४ जना घाईते अवस्थामा उद्धार गरि बैरेनी अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयाे ।
पहिराेमा परेकाे कार क्षतिग्रस्त छ । कार सडकबाट त्रिशूली नदी किनारमा पुगेकाे छ ।
सुख्खा पहिराे खसेपछि राजमार्गमा ६० मिटरभन्दा बढी भाग पुरिएपछि राजमार्ग अवरुद्ध भएकाे छ ।
घटना स्थलमा दुई वटा (Jcb) ले पहिराे पन्छाई रहेकाे छ । यतिखेरराजमार्ग अवरुद्ध छ । २ घण्टापछि राजमार्ग पहिराे पन्छायर संचालनमा अाउने प्रहरीले जनाएकाे छ ।
पहिराेपछि राजमार्गमा सवारी साधनकाे लामाे जाम लागेकाे छ । (फाईल तस्वीर)