व्यक्तिगत स्वार्थभन्दा माथी उठेर जनसेवामा लाग्न आग्रह

व्यक्तिगत स्वार्थभन्दा माथी उठेर जनसेवामा लाग्न आग्रह

  • Kandara Samachar

  • शुक्रबार, अशोज ४, २०८१

  • 74
    SHARES
व्यक्तिगत स्वार्थभन्दा माथी उठेर जनसेवामा लाग्न आग्रह

धादिङ ।

ससस्त्र प्रहरी नायव महानिरिक्षक गणेश ठाडामगरले व्यक्तिगत स्वार्थभन्दा माथी उठेर जनताको सेवामा लाग्न आग्रह गर्नुभएको छ ।
शशस्त प्रहरी बल, आश्रित गुल्म धादिङबेसीको १२ औँ स्थापना दिवसको अबसरमा ससस्त्र प्रहरी नायव महानिरिक्षक ठाडामगरले स्थापना दिवसको कार्यक्रमको उद्घाटन गर्दै सेवा भावनाबाट उत्प्रेरित भएर जनताका लागि काम गर्न शशस्त्र प्रहरीको सकल दर्तालाई आग्रह गर्नुभयो ।
शान्ति सुरक्षा र प्रतिवद्धता अनुसार कर्तव्य पथमा लागेर देशको आन्तरिक सुरक्षामा ध्यान दिने शशस्त्र प्रहरी जनताको दुखको साथी भएको र निरन्तर जनताको दुखमा सहयोग गर्न अनुरोध गर्नुभयो ।
विपद व्यवस्थापन, खोज तथा उद्धार, सिमा सुरक्षा, सिमा स्तम्भ सुरक्षा, देशको आन्तरिक सुरक्षामा कर्तव्य निष्ट भएर काम गर्न निर्देशन गर्दै ठाडामगरले राजश्व संकलनमा समेत योगदान गर्दै आएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले जनताको सेवा र सिमा सुरक्षामा अहोरात्र खटिएको शशस्त्र प्रहरीलाई अझ बढी लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रमलाई गंगाजमुना गाउाँपालिका अध्यक्ष भक्त लामा, रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले शुभकामना दिँदै पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
शशस्त्र प्रहरीमा उत्कृष्ठ काम गरेबापत शशस्त्र प्रहरी वरिष्ठ हवलदार रामबहादुर तामाङ, शशस्त्र प्रहरी हवलदार कृष्णबहादुर अधिकारी, सुधा पौडेल, शशस्त्र प्रहरी सहायक हवलदार प्रेमबहादुर श्रेष्ठ, नीरबहादुर रानामगर, शशस्त्र प्रहरी जवान लक्ष्मण गुरुङ, बलराम उपाध्यायलाई सम्मान गरिएको थियो ।
टेबुलटेनिस खेलका विजेता धनराज पोखरेल, हाजिरी जवाफ प्रतियोगिताका एलिजा घिमिरे, रोजिना सिवाकोटी, सरस्वती लामीछाने, व्याडमिन्टन प्रतियोगिताका अभि श्रेष्ठ, जनक चन्द, धनकुमारी खत्री, कर्णबहादुर रानामगरलाई सोही अबसरमा पुरस्कृत गरिएको थियो ।
कार्यक्रमलाई समापन गर्दै शशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलियाले सबैलाई धन्यवाद दिँदै २०७० असोज ४ गते खाद्य संस्थान र कृषि सामाग्री को भवनमा बेसक्याम्प बसेर सुरु भएको इतिहास बारे जानकारी दिनुभएको थियो ।
थपलियाले विपद उद्धार, सडक दुर्घटनामा खोज उद्धार, गर्दै रोकथाम न्यूनिकरण र नियन्त्रणको हिसावले जनताको सेवामा काम गरेको बताउँदै मन्दीर तथा बजार सरसफाइ र साभलेदारीका कार्यक्रम गर्दै आएको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar