सार्वजनिक बाटो नरोक्न जिल्ला अदालतको आदेश

सार्वजनिक बाटो नरोक्न जिल्ला अदालतको आदेश

  • Kandara Samachar

  • बिहिबार, भदौ २७, २०८१

  • 310
    SHARES
सार्वजनिक बाटो नरोक्न जिल्ला अदालतको आदेश

धादिङ ।
परापुर्वदेखि चलेकाे बाटाे सार्वजनिक भएकाेले यश किसिमको बाटाे अावतजावत बन्द गर्न नपाईने भएकाे निर्वाद संचालन हुनुपर्ने स्थानीय उपभोक्ताकाे पक्षमा जिल्ला अदालतले फैसला गरेकाे छ ।
गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनीबजारबाट महेशफाँट हुँदै आँगेसको पुछारसम्म जाने सडकको बाटो सार्वजनिक रुपमा २०६६ देखि प्रयोगमा आएकोले बाटो नरोक्न जिल्ला अदालतले आदेश दिएको छ ।
गल्छी गाउँपालिकाले ०७९ बैशाख २० गते डोजर लगाएपछि आफ्नो जग्गामा परेकोले क्षति पुगेको र लगाएको अन्न समेत क्षति पुगेको भन्दै प्रेम बहादुर अधिकारीले ०७९ बैशाख २७ गते जिल्ला अदालतमा निषेधाज्ञा सम्बन्धी मुद्दा दिनुभएको थियो । गाउँपालिकाले सडक सफा गरेपनि अधिकारीले सो क्षेत्रका उपभोक्ता ४८ वषीय भवनाथ अधिकारी, ४२ वर्षीय रामकुमार अधिकारी, २७ वर्षीय सन्तोष अधिकारी, २० वर्षीय संगम अधिकारी, २५ वर्षीय गणेश अधिकारी, २४ वर्षीय कृष्ण अधिकारी, २४ वर्षीय सरोज अधिकारी विरुद्ध मुद्दा दर्ता भएको थियो ।
सडक २०६६ देखि प्रयोगमा आएको र सोही समयदेखि जग्गा धनीहरुले सडक बाटोलाई उपलब्ध गराइ विवाद विना आवतजावत हुँदै आएको थियो । प्रेमबहादुर अधिकारीले २०७४ साल बैशाख २४ गते मात्र जग्गा किनेको र पहिलेदेखि चलेको बाटो रोक्न खोजेर मुद्दा लगाइएको मुद्दाका प्रतिवादीहरुको भनाइ छ ।
जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले प्रेमबहादुर अधिकारीको निषेधाज्ञाको रिट खारेज गर्दै तत्कालिन अवस्थामै बाटो आएपछि जग्गाधनीले चित्त बुझाएकोले पछि बन्द गाउन नहुने ठहर गरिएको छ । जग्गाबाट बाटो गएपछि क्षति पुगने नभइ जग्गाको मूल्य बढ्ने समेत ठहर गर्दै जिल्ला अदालतले फैसला गर्दा जग्गाको नक्सा, सर्जमिन मुचुल्का, न्यायिक समितिको मिसिल तथा जिल्ला अदालतबाट खटिएको डोर कर्मचारी खटि बनाएको प्रतिवेदनको आधार समेतलाई ध्इानमा राखेर फैसला गरिएको जनाएको छ ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar