आर्थिक अनुसासन पालन गर्न लेखा व्यवस्थापन प्रशिक्षण

आर्थिक अनुसासन पालन गर्न लेखा व्यवस्थापन प्रशिक्षण

  • Kandara Samachar

  • सोमवार, भदौ २४, २०८१

  • 158
    SHARES
आर्थिक अनुसासन पालन गर्न लेखा व्यवस्थापन प्रशिक्षण

धादिङ ।

नेकपा एमाले धादिङले आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने तालिम संचालन गरेको छ ।
नेकपा एमालेको पार्टी जिवनलाई पारदर्शी, आर्थिक अनुशासन कायम गर्न र पार्टी जिवनलाई सुदृढ बनाउँदै मिसन ८४ मा एमालेलाई जनताको अब्बल पार्टी बनाउन यस किसिमको प्रशिक्षण आयोजना गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले कार्यक्रमको उद्घाटन गर्दै पार्टीलाई राम्रोसंग अघि बढाउन आर्थिक गतिविधि र पारदशिर्षता राम्रो हुनु पर्नेभएकोले यस किसिमको प्रशिक्षण चाििहएको बताउनुभयो ।
जिल्ला लेखा कमिटि अध्यक्ष डिल्ली पाठकको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन समारोहमा नेकपा एमालेका जिल्ला नेताहरुको सहभागिता रहेको छ । नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिवल शिव अधिकारी, सदस्य मिनराज कँडेल, सदस्य बद्री भट्टराई लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम ररहेको नेकपा एमाले धादिङका उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो ।
पार्टी जिवन, संगठन र आर्थिक क्रियाकलाप, पार्टीको हिसाब राख्ने खाताहरु, आर्थिक अनुसासन लगायतका विषयमा प्रशिक्षण संचालन गरिने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar