किर्ते अन्तर्वार्ता लिएकाे नागरिक समाजकाे आराेप, सुचना माग्नेलाई दिनभर घेराबन्दीमा

किर्ते अन्तर्वार्ता लिएकाे नागरिक समाजकाे आराेप, सुचना माग्नेलाई दिनभर घेराबन्दीमा

  • Kandara Samachar

  • शुक्रबार, भदौ १४, २०८१

  • 678
    SHARES
किर्ते अन्तर्वार्ता लिएकाे नागरिक समाजकाे आराेप, सुचना माग्नेलाई दिनभर घेराबन्दीमा

सीताराम अधिकारी/ धादिङ

सिद्धलेक गाउँपालिकामा पालिकाले करार सेवामा राखेको कर्मचारी गैरकानूनी र विधि विपरित भएको नागरिक समाजले आरोप लगाएको छ ।
नागरिक समाज सिद्धलेकका संयोजक मोहमद रकिम अन्सारी सहितको टोलीले पटक पटक गाउँपालिकामा पुगेर विधि विपरित कर्मचारी भर्ना नगर्न अनुरोध गरेपनि नमानेको र विधि मिचेर राखिएकोले मागेको सूचना समेत नदिएको नागरिक समाजको आरोप छ ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको निर्देशनमा कर्मचारी छनौट समितिमा प्रमुख प्रशासकिय अधिकृत बिनोददकुमार अधिकारी, अध्यक्षले तोकेको विषय विज्ञमा जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ छत्कुली र सम्बन्धीत शाखाको प्रमुखमा शंकरबाबु दुवाडी लाई राखेर अन्तरवार्ता लिएर कर्मचारी छनौट गरिएको थियो । साउन २३ र २४ गते अहेव ४ जना, अनमी २ जना, ल्याब असिस्टेन्ट १ जना, अमिन १ जना का लागि अन्तरवार्ता लिइएकोमा दुवाडीलाई पालिकाले साउन २३ गते नै कुम्पुर स्वास्थ्य चौकीमा काज फिर्ता गरेको व्यक्ति भएकोले शाखा प्रमुखको रुपमा रहन नसक्ने भएकोले अवैधानिक भएको अन्सारीको भनाइ छ । चरम विवाद, अनियमितता आदीको आरोप लाग्दै आएको सिद्धलेक गाउँपालिकामा फर्जी अन्तरवार्ता लिएर कर्मचारी राखेकोले यस सम्बन्धी सूचना माग गर्दा समेत सूचना माग गर्नेलाई नै सुरक्षाकर्मी लगाएर दिनभर घेराबन्दी गर्दै धम्की दिइएको समेत खुलेको छ ।
सूचना माग्दन गएपछि राज्यले गोप्य राख्नु पर्छ भनेका सूचना बाहेकका सूचना दिनुपर्छ तर सिद्धलेक गाउँपालिकाले माग गरिउको सूचना नदिएर आफूहरुमाथी मानवअधिकार उल्लंघन संविधान विपरित काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङमा पीडितहरुको तर्फबाट ०८१ भदौ १२ गते उजुरी गरिएको छ ।
सिघलेक गाउँपालिका –५ का ५० वर्षीय मोहमद रबिम अन्सारी र सिद्धलेक गाउँपाकिला–५२ वर्षीय रबिन्द्र सिलवाललाई पालिकामा सूचना माग्न गएको भन्दै भदौ ११ गते दिनभर नेपाल प्रहरी बोलाएर स्थान हद गरेर (प्रहरीले घेराबन्दी गरेर) राखेको भदौ १३ गते प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।
अहेव, अनमी, ल्याब असिस्टेन्ट, र अमिनको परिक्षाको विषयमा विवाद भएको र सो परिक्षाको निर्णय तथा परिक्षा लिने व्यक्तिहरुका बारेमा जानकारी पाउन सिद्धलेक गाउँपालिकामा साउन २७ गते पहिलो पटक सूचना माग उहाँहरु दुई जना सहित ७ जना नागरिक समाजका व्यक्तिहरुले लिखित सूचना माग गरेका थिए ।
गाउँपालिकाको तर्फबाट त्यसदिन निमित्त प्रमुख प्रशासकिय अधिकृत हुनुभएका शिवराम अधिकारीले हस्ताक्षर गरि सूचनामाग गर्नेहरुलाई साउन ३० गते प्रकृयामा रहेको परिक्षाको बारेमा सूचना दिन नमिल्ने भन्दै पत्र दिएको थियो ।
भदौ ११ गते प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा सूचना उपलब्ध गराउने भनेर बोलाएको र बिहान १० बजे कार्यालय पुगेपछि सुरक्षाकर्मी प्रयोग गरि दिनभर घेराबन्दी गरेर राखेकोले मानवअधिकारको उलल्लंघन भएको र संविधानले दिएको हक उपभोग गर्न नपाएकोले कारबाहीको माग गर्दै उजुरी गरिएको पीडित अन्सारीले बताउनुभयो ।
पालिका कर्मचारी लगाएर राती फोन धम्कीपूर्ण फोन गरेको र दिउँसो समेत धम्की आएकोले आफूहरु असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे समक्ष उजुरी परेको हो । पीडित पक्ष सूचना खोज्दै जिल्ला प्रशासन पुगेका छन् भने मानवअधिकार संरक्षणमा पहल गरिदिन इन्सेकलाई पहल गरिदिन आग्रह गरेका छन् ।
विवादित व्यक्ति र पालिका आफैँले शाखाप्रमुखबाट स्वास्थ्य चौकी पठाएका व्यक्ति राखेर गरिएको अन्तरवार्ता कानूनी रुपमा मान्य नहुने सूचना माग गर्ने अधिकारीहरुले नेपाल समाचारपत्रलाई बताएका छन् ।
प्रकृया चलिरहँदा पनि कोको अन्तरवार्तामा बस्ेको हो ? उनिहरुको हैसियत के हो ? किन उनलाई नै राखिएको हो सूचना मागेपछि दिनु पर्छ तर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नभएको दिन निमित्त प्रशासकिय अधिकृतले सूचना दिन नमिल्ने पत्र पठाउनुलाई नागरिक समाजको तर्फबाट आपत्ती जनाउँदै यस किसिमको अबैधानिक गतिविधिबारे नागरिकहरुलाई सूसूचित गर्ने र जागरिक गर्ने समेत सूचना मागकर्ताहरुको भनाइ छ ।
जताततै अनियमितता गरेको आरोप खेपिरहेको सिद्धलेक गाउँपालिकाले बजेट नभएको भनेर खानेपानी योजनाहरु समेत कटौती गरेको गतवर्ष मलेखुबाट पालिकासम्म ७ ओटा गेट बनाउने, बाटो छेउमा केही फलामको फुल राख्ने भाडो राखेर करोडभन्दा बढी बजेट समेको स्थानीइ राजनीतिक दलहरु र बहुमत कार्यपालिका सदस्यहरुले व्यपाक विरोध समेत जनाएका थिए ।
बिचमा कुनै गलत काम गर्नका लागि पनि चिठिपूर्जी चलानी किताबमा समेत बिचबिचमा ठाउँ खाली राख्ने गरेको भेटिएको छ । पालिकाको आव ०८०।८१ को चिठिपूर्जी चलानी कितावको चनाली नम्बर १०१ खाली राखेर छाडिएको पाइएको हो ।
विभिन्न घटना र सूचना नदिएको सम्बन्धमा तत्कालिन निमित्त प्रमुख प्रशासकिय शिवराम अधिकारीले प्रकृयामा रहेको कर्मचारी छनौटको विषय सूचना दिन नमिल्ने भएर नदिएका बताउँदै सूचना माग गर्न आउनेलाई अन्य सबै सूचना दिएको दावी गर्नुभयो । कार्यालयमा आएर कर्मचारीलाई धम्की दिएकाले उनिहरुबाट सुराित रहनु पर्ने भएको समेत अधिकारीको भनाइ छ ।
……


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar