सुरुङ संचालनकाे अन्तिम तयारी भएकाे भाैतिक पुर्वाधार मन्त्रीको भनाइ

सुरुङ संचालनकाे अन्तिम तयारी भएकाे भाैतिक पुर्वाधार मन्त्रीको भनाइ

  • Kandara Samachar

  • शुक्रबार, भदौ १४, २०८१

  • 93
    SHARES
सुरुङ संचालनकाे अन्तिम तयारी भएकाे भाैतिक पुर्वाधार मन्त्रीको भनाइ

धादिङ ।
नेपाललाई सुरुङ युगमा लैजाने तत्कालिन केपि ओली सरकारकाे निर्णयले अहिले मुर्तरुप पाएपछि सुरुङमार्ग संचालनकाे तयारी भएकाे छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत निरिक्षण गरेपछि केही समयमा संचालनमा आउनेगरि काम भईरहेकाे बताउनुभयाे ।
काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिकहरु भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्कनुभएका मन्त्री दाहालले पहिलो चरणमा सुरुङ मार्गको निरिक्षण गर्नुभएको हो ।
मन्त्री दाहालसँगै नेकपा एमाले धादिङका नेताहरुको टोली शुक्रबार बिहान काठमाडौको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोलातर्फ निस्किएका थिए । सुरुङको यात्रा गरेर निस्किनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले नेपालमा सुरुङको युग सुरु भएको र काठमाडौबाट पसेर धादिङपट्टी निस्कदा गर्व महशुस भएको प्रतिकृया दिनुभएको छ । समयमै काम सक्न र चाँडै सुरु संचालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छ । आयोजनाका अनुसार हाल तीन चौथाइ भन्दा बढी काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो ।
सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम पनि सुरु भएको छ । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।
एक वर्षभित्र अर्थात २०८२ सालको दशैसम्ममा सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको कोइरालाले जानकारी दिनुभयो । २०७६ कात्तिक ४ गते प्रधानमन्त्री एवं् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गर्नुभएको थियो ।
–––


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar