तत्काललाई बेलिब्रिज माग गर्दै एमाले नेताहरु भाैतिक पुर्वाधार मन्त्रालयमा

तत्काललाई बेलिब्रिज माग गर्दै एमाले नेताहरु भाैतिक पुर्वाधार मन्त्रालयमा

  • Kandara Samachar

  • बिहिबार, भदौ १३, २०८१

  • 274
    SHARES
तत्काललाई बेलिब्रिज माग गर्दै एमाले नेताहरु भाैतिक पुर्वाधार मन्त्रालयमा

धादिङ ।

धादिङ जिल्लाको सदरमुकाम धादिङवेसीबाट उत्तरी क्षेत्र जाेड्ने रुविभ्याली, सोमदाङ हुदै रसुवागढी तर्फ जाने प्रमुख सडक धादिङवेशी सांकोष- तिप्लिङ-सोमदाङ रसुवा सडक (उत्तर दक्षिण बैकल्पिक राजमार्ग) का लागि तत्काल थाेपल खाेलामा बेलिब्रिज हाल्न माग गर्दै एमाले नेताहरु भाैतिक पुर्बाधार तथा यातायात मन्त्रालय पुगेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर हाललाई तत्काल बेलिब्रिज, दिर्घकालिन रुपमा पक्कीपुल बनाउन एमाले नेतृत्वले माग गरेकाे हाे ।
निलकण्ठ नगरपालिका वडा नं ३ र १२ को विचको कजवे भदाै १० गते अविरल मुसलधारे वर्षाले बाढीले भत्काई आवगमन पुरै बन्द भएपछि हाललाई बेलिब्रिज र दिर्घकालिन रुपमा पक्किपुल छिटाे निर्माणकाे माग गरिएकाे छ ।
सडक कजवेबाट धादिङका नेत्रावती डबजाेङ, नीलकण्ठकाे साङकाेष, खनियाबास, रुबीभ्याली लगायतका क्षेत्रमा तत्कालका लागि आवागमन नै बन्द भएकाेले छिटाे निर्माणकाे माग गरिएकाे हाे । नेकपा एमाले केन्द्रीय सदस्य खेम लाेहनी, जिल्ला अध्यक्ष भुमि त्रिपाठी लगायतका नेताहरुले सल्लयानटार, बुढाथुम, बसेरी, लापा, रुविभ्याली जाने सडकको त्रिपुरासुन्दरी गा.पा. वडा नं २ र ३ विचमा पर्ने काष्टे खोलाको कजवे यसै वर्षको बाढीले बगाई आवत जावत बन्द भएकोले उक्त स्थानको लागी मोटर पुलको व्यवस्था गर्न समेत माग गरेकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यश वर्ष वजेट बनिसकेकाेले तत्कालका लागि बेलिब्रिज हाल्ने प्रतिवद्धता जनाउनुभएकाे छ । साे पुलकाे लागि डिपिआरको लागि बजेट पनि परेको छ । र अर्को बर्ष फास्ट ट्र्याकमा काम हुनेगरी बजेट बिनियोजन गर्ने प्रतिवद्दता मन्त्री दहालले जनाउनुभएकाे छ


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar