संसदबादी दललाई लिएर समाजवादमा पुग्ने प्रवक्ता प्रकाण्डको स्पष्टोक्ति

संसदबादी दललाई लिएर समाजवादमा पुग्ने प्रवक्ता प्रकाण्डको स्पष्टोक्ति

  • Kandara Samachar

  • मङ्लबार, भदौ ११, २०८१

  • 115
    SHARES
संसदबादी दललाई लिएर समाजवादमा पुग्ने प्रवक्ता प्रकाण्डको स्पष्टोक्ति

धादिङ ।
बिप्लबले नेतृत्वगरेको नेकपाका प्रवक्ता तथा बागमति प्रदेश इन्चार्ज खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” ले संसदवादी दललाई साथमा लिएर समाजवादमा जाने बाटोमा आफ्नो पार्टी  लागेको बताउनुभएको छ ।
नेकपाको धादिङ जिल्ला कमिटि बैठकका लागि सदरमुकाम धादिङबेसी आइपुग्नु भएका प्रकाण्डले आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समाजवादका लागि तयार हुन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी लगायत दल सहित नेपाली काँग्रेस समेतलाई साथमा लिएर, उनिहरुसंग छलफल गरेर समाजवादमा जानुको विकल्प नभएको प्रकाण्डको स्पष्टोक्ति छ ।
सकेसम्म संसदवादी दललाई उनिहरुको समर्थनमा समाजवाद ल्याउने, दलहरुले नमानेमा जनताको सहयोग लिने योजनाका साथ समाजवादको बाटोमा आफ्नो पार्टी लागेको प्रकाण्डले बताउनुभयो ।
अहिले चरम आर्थिक मन्दी छ । जनताले विभिन्न किसिमका आन्दोलनबाट ल्याएको गणतन्त्रमा भएका विक्रिती, विसंगतिका कारण जनताहरु निरास छन् । आक्रोसित छन् । माओवादीले संचालन गरेको १० वर्षकाे जनयुद्ध, २०४६ को जनआन्दोलन, २०६१।६२ को संयुक्त जनआन्दोलन, लगायतका आन्दोलनमा बलीदान गर्ने, सहभागि हुने जनतालाई विसिएको अवस्था भएकोले यस किसिमको संसदिय व्यवस्था  नभइ श्रमजिविको नेतृत्व रहेको समाजवाद नै अहिलेको विकल्प भएको पत्रकारलाई प्रकाण्डले बताउनुभयो । पत्रकारहरुको प्श्नको जवाफमा प्रकाण्डले अमेरिकाले नेपालमा व्यारेक राखेर चाइनामा आक्रमण गर्न अनेकन बहाना खोजिरहेको बताउँदै नेपालमा अमेरिकाको नांगो हस्तक्षेप भएको बताउनुभयो । अहिलेका संसदवादी दलको टिक लिनका लागि आर्थिक चलखेल हुने गरेकोले मजदुर गरिवले चुनावी प्रतिस्पर्दामा जान नसक्ने अवस्था आएको, देशको अर्थतन्त्र “मुठ्ठीभर दलाल” को नियन्त्रणमा रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपाका धादिङ जिल्ला इन्चार्ज शेरबहादुर भण्डारी ज्योती, जिल्ला कमिटी सचिव प्रमोद सि लगायतका जिल्ला नेताहरु कार्यक्रममा सहभागि हुनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar