धादिङका १० हजार पार्टी सदस्यलाई चैतसम्ममा १८ घण्टे प्रशिक्षण

धादिङका १० हजार पार्टी सदस्यलाई चैतसम्ममा १८ घण्टे प्रशिक्षण

  • Kandara Samachar

  • आइतवार, भदौ ९, २०८१

  • 301
    SHARES
धादिङका १०  हजार पार्टी सदस्यलाई चैतसम्ममा १८ घण्टे प्रशिक्षण


धादिङ ।
नेकपा एमाले धादिङले जिल्लाका १० हजार पार्टी सदस्यलाई ०८१ चैत महिनाभित्र प्रशिक्षण दिने तयारी गरेको छ ।
नेकपा एमाले धादिङले ५ दिनसम्म संचालन गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम पछि सबै सदस्यहरुलाई प्रशिक्षण दिने कार्ययोजना गरेको हो ।
जिल्लामा आयोजना गरिएको प्रशिक्षक प्रशिक्षणमा कार्यक्रममा पालिका कमटिका अध्यक्ष, प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटि सदस्यहरु समेत गरि २८ जना सहभागि प्रशिक्षक प्रशिक्षण लिएपछि उहाँहरुले हरेक सदस्यलाई १८ घण्टाको प्रशिक्षण संचालन गर्न लागिएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।


मार्कसबादको सामान्य ज्ञान, नेकपा एमालेको महाधिवेशनको कार्यदिसा, जनताको बहुदलिय जनवाद, संगठनमा आवद्धा, एमाले र अन्य राजनितिक दल विश्लेषण, आदी विषयमा प्रशिक्षण दिइने छ ।
१ सय ४ वडामा १ सय ९० समूहमा प्रशिक्षण संचालन हुने योजना बनाइएको छ ।
५ दिनसम्म संचालन भएको प्रशिक्षक कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले जनताको पक्षमा बोलन र जनतालाई जागरुक बनाउन पार्टी सदस्यहरुलाई १८ घण्टाको प्रशिक्षण दिने कार्यक्रम महत्वपूर्ण भएकोले जिम्मेवारी पूर्वक काम गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जनताले नेकपाएले नै सही पार्टी भएको बताउन सक्ने र चुनावमा एमाले रोज्न सक्ने बनाउन एमालेले प्रशिक्षणको संचालन गरेको बताउनुभयो ।
एमाले पालिका कमिटि अध्यक्ष, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्यहरु गरि २८ जनाले १० पार्टी सदस्यलाई प्रशिक्षण गर्ने समेतको कार्ययोजना समेत जिल्ला पार्टी स्कूल विभागले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्यहरु खेम लोहनी, पेमा लामा, कपिल पोखरेल, केन्द्रीय पार्टी स्कूल विभाग सचिव घनश्याम कोइराला, केन्द्रीय पार्टी स्कूल विभागका वाइपि आचार्य, सुन्दर लामीछाने, बागमति प्रदेश पार्टी स्कूल विभाग प्रमुख बालकृष्ण देउजाले सहजीकरण गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar