एमाले नेताहरु जाँच दिँदै, धादिङमा प्रशिक्षक प्रशिक्षण सुरु

एमाले नेताहरु जाँच दिँदै, धादिङमा प्रशिक्षक प्रशिक्षण सुरु

  • Kandara Samachar

  • बुधबार, भदौ ५, २०८१

  • 338
    SHARES
एमाले नेताहरु जाँच दिँदै, धादिङमा प्रशिक्षक प्रशिक्षण सुरु

धादिङ
नेकपा एमाले प्रदेश, जिल्ला र पालिका स्तरका नेताहरु धादिङबेसीमा परिक्षा दिँदै हुनुहुन्छ ।
नेकपा एमाले धादिङको  जिल्ला स्कुल बिभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेताहरुलाई केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइरालाले १० आचेटा प्रश्नको उत्तर लेख्न लगाउनुभएको छ ।
नेकपा एमालेको सिद्दान्त, निति, विचार, नवौँ र दशौँ महाधिवेशनको कार्यदिशा, बिचार तथा नेतृत्व सीप, प्रशिक्षण सीपबारे सहभागिलाई प्रश्न सोधिएको थियो ।
नेकपा एमालेले चालु वर्षलाई प्रशिक्षणको वर्षको रुपमा संचालन गर्ने र जिल्लाका १० हजार पार्टी सदस्यसम्म पुग्नेगरि प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना साथ अघि बढेकोले जिल्लातहबाट संचालित प्रशिक्षक प्रशिक्षणमा दर्शन, सिद्दान्त, र बिचार तथा प्रशिक्षण सीपका हिशसावले अब्बल प्रशिक्षक बनाउनका लागि यसरी नेताहरुलाई समेत परिक्षा लिइएको थियो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा मौलिक उर्जालाई उजागर गरि व्यवहारमा लागु गर्दै पार्टी कार्यकर्तालाई सिकाउन सक्ने कार्यक्रम प्रशिक्षक प्रशिक्षण भएकोले जिम्मेवारी पुरा गर्न सबैलाई आग्रह गर्नुभयो ।
पार्टीका नेताहरुले दिने प्रशिक्षणमा पार्टीको कार्यदिसा, दर्शन र सिद्दान्तबारे बुझाउने खालको हुने र प्रशिक्षक प्रशिक्षणले सीप विकास गर्ने उहाँको भनाइ छ ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले अध्यक्षको आसनबाट बोल्दै नेता हुँदैमा सबैले जानेको हुन्छ उ(त्तिकै बुझाउन सक्छ भन्ने नहुने भएकाmेले प्रशिक्षक प्रशिक्षणले एमालेलाई अब्बल बनाउन पार्टी सदस्यसम्मलाई सिकाउने गरि तयारी गर्न आग्रह गर्नुभयो । धेरै प्रशिक्षण लिएरमात्र नभई आफूले जानेको कुरा अरुलाई सिकाउन सक्ने बन्नु अब्ल कार्यकर्ता हुने भएकोले महत्वपूर्ण जिम्मेवारी पुरा गरेर धादिङको छटोलटोलमा पुगेर प्रशिक्षण संचालन गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।
यस वर्ष धादिङका टोलटोल, वडा, पालिकामा प्रशिक्षण चलाउने कार्यक्रम तग गरिने नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले बताउनुभयो ।
सबै पार्टी सदस्यले कम्तीमा १५ घण्टाको तालिम लिनुपर्ने नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार धादिङका सबैले यस वर्ष प्रशिक्षण लिने वयवस्थाका लागि प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको सापकोटाको भनाइ छ ।
५ दिनसम्म संचालन गरिने प्रशिक्षक प्रशिक्षणमा प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु, पालिका कमिटिका अध्यक्ष तथा तोकिएका व्यक्तिहरु गरि २५ जनाको सहभागिता रहेको छ । प्रशिक्षक प्रशिक्षण कार्यक्रममभा पार्टी केन्द्रीय स्कूल विभाग सचिव घनश्याम कोइराला, बागमति प्रदेश स्कुल विभाग प्रमुख बालकृण देउजा, पार्टी केन्द्रीय स्कुल विभाग सदस्य सुन्दर लामीछाने, केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय स्कुल विभाग सदस्य कपिल पोखरेल लगायतले सहजीकरण गर्नुहुने छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar