हाकिमकाे गाडी चल्दा अस्पतालकाे एम्बुलेन्स विरामी, धादिङका ५२ एम्बुलेन्स मापदण्ड विपरित

हाकिमकाे गाडी चल्दा अस्पतालकाे एम्बुलेन्स विरामी, धादिङका ५२ एम्बुलेन्स मापदण्ड विपरित

  • Kandara Samachar

  • मङ्लबार, साउन २२, २०८१

  • 507
    SHARES
हाकिमकाे गाडी चल्दा अस्पतालकाे एम्बुलेन्स विरामी,  धादिङका ५२ एम्बुलेन्स मापदण्ड विपरित

✍️ सीताराम अधिकारी/ धादिङ ।

धादिङ अस्पतालकाे एम्बुलेन्स असार ५ गतेदेखि विग्रिएका कार वहिरंग सेवा भवन अगाडि राखिएकाे छ । हुन त नियमित मर्मत गरिएकाे भएपनि कहिलेकाही संचालनमा आउने अस्पतालकाे ख वर्गकाे एम्बुलेन्समा जिपिएस समेत जडान गरिएकाे छ ।
कार्यालय प्रमुखले चढ्ने सवारी साधन मर्मत गरेर चालू हालतमा राखिएपनि विपदकाे समयमा समेत एम्बुलेन्स नचल्ने अवस्थामा पुग्दा समेत वेवास्ता गरिएकाे छ । असार ५ गते चालक परिवर्तन गर्दा विग्रिएकाे एम्बुलेन्स भएकोले मर्मत गर्नका लागि कार्यालय प्रमुखलाई दिएकाे निवेदन लेखा शाखामा अड्किएकाे छ । तत्काल एम्बुलेन्स चाहिने बेलामा मापदण्ड बमाेजिमकाे सरकारी एम्बुलेन्स बिग्रिएपछि आम विरामीले भने दुख पाएका छन् । अस्पतालकाे मात्र नभएर नियमित संचालनमा रहेका धादिङका ८ एम्बुलेन्स थन्किएर बसेकाे जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिकाे कार्यालयकाे तथ्यांकमा उल्लेख छ ।
सरकारले एम्बुलेन्स संचालनको लागि मापदण्ड बनाएको छ । सरकारले कानून बमोजिम बनाएको एम्बुलेन्स संचालनको मापदण्ड पालना नगरेमा कानुन बमोजिम कारबाहीको व्यवस्था समेत गरेको भएपनि धादिङमा निर्वाध रुपमा यस किसिमका ५२ एम्बुलेन्स संचालन भइरहको छ ।
सरकारी मापदण्ड अनुसार सबै एम्बुलेन्समा अनिबार्य रुपमा जिपिएस जडान गर्नुपर्ने व्यवस्था छ । धादिङमा संचालनमा रहेको रुबीभ्याली गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको एम्बुलेन्समा मात्र जिपिएस जडान गरि नविकरण समेत गर्दै आएको छ ।
२ वर्ष अघि बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ४२ ओटा धादिङका एम्बुलेन्समा जिपिएस राखिएको थियो । हरेक वर्ष गर्ने नविकरण एम्बुलेन्स संचालक आफेँले गर्नु पर्ने हुन्छ तर निजि एम्बुलेन्स ल्याएर बाबुआमाको नाममा प्रतिष्ठान नाम राखेर संचालन गरिएका र अन्य एम्बुलेन्स कसैले पनि जिपिएस राखेको जानकारी नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोया छत्कुलीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सदस्य सचिव रहने व्यवस्था छ ।
अब एम्बुलेन्स जिल्लामा क र ख वर्गमो मात्र एम्बुलेन्स संचालन गर्न पाइने मापदण्डमा उल्लेख भएपनि धादिङमा हाल एम्बुलेन्स व्यवस्थापन समितिको कार्यालयमा रहेको अभिलेख अनुसार ५२ ओटा एम्बुलेन्स हाल संचालनमा आएर पनि ग वर्गमा रहेका छन् । हरेक वर्ष नविकरण गर्नु पर्ने र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिबाट सिफारिस लिनुपर्ने भएपनि हालको तिन वर्षमा कुनैपनि एम्बुलेन्सहरु नविकरण गर्न नआएको सचिवालयको जिम्मेवारी सम्हाल्नु भएका छत्कुलीको भनाइ छ ।
६८ ओटा एम्बुलेन्स अभिलेख रहेको धादिङ जिल्लामा ८ ओटा हाल संचालनमा नरहेको, ८ ओटा एम्बुलेन्स ख वर्गको रहेको र ५२ ओटा एम्बुलेन्स ग वर्गमा दर्ता भएको र मापदण्ड अनुसार स्तरोन्नती गरि नविकरण गर्नु पर्नेमा नगरेको पाइएको हो ।
तसर्पु स्वास्थ्य चौकी, धुनीबेसी नगर अस्पताल, गोगनपानी स्वास्थ्यचौकी, थाक्रे ग्रामीण अस्पताल, रुबभ्यिाली ग्रामीण अस्पताल, धादिङ अस्पताल, अम्बे भरोसा अस्पताल, नेरेसो धादिङले संचालन गरेको एम्बुलेन्स मात्र ख वर्गको छ । तर यि एम्बुलेन्सहरु समेत हरेक वर्ष नविकरण गर्नु पर्नेमा धेरैजसोले नविकरणको लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिमा निवेदन समेत दिएका छैन्् ।
यसमध्ये धादिङ अस्पतालले संचालन गरेको उम्बुलेन्स असार ५ गतेदेखि आफैँ विरामी परेर बसेको छ । उम्बुलेन्स् संचालन नभएको असार ५ गते एम्बुलेन्स चालक फेरबदल गरेपछि बुझबुझारत गर्दा विग्रिएको अवस्थामा रहेको पाइएको र एम्बुलेन्स मर्मतका लागि कार्यालय प्रमुखले लेखा शाखालाई तोक लगाएको र बजेट खर्च पाउने अवस्था आएपछि व्यवस्थापन गर्ने धादिङ अस्पतालका सूचना अधिकारी डा. राम रिजालले बताउनुभएको छ ।
धादिङ अस्पतालको मात्र होइन युनाइटेड सिमेन्ट उद्योगले संचालन गरेको एम्बुलेन्स एक वर्षदेखि विग्रेर बसेको छ ताल्ती स्वास्थ्य चौकीको एम्बुलेन्स् ४ महिनादेखि संचालन गर्न नसकिनेगरि विग्रेको छ ।
सरकारी मापदण्ड र नेपालको आनून अनुसार संचालनमा आउनु पर्ने मानिसको जिवनसंग सरोकार राख्ने एम्बुलेन्स व्यवस्थापनको काम जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले गर्ने र कानून विपरित संचालित एम्बुलेन्सलाई कानूनी दयरामा ल्याएर संचालन गरिने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला एम्बुलेन्स् व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देव पाण्डेले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar