सुरक्षित आवासगृहलाई खाद्य सामाग्री हस्तान्तरण

सुरक्षित आवासगृहलाई खाद्य सामाग्री हस्तान्तरण

  • Kandara Samachar

  • मङ्लबार, साउन १५, २०८१

  • 206
    SHARES
सुरक्षित आवासगृहलाई खाद्य सामाग्री हस्तान्तरण

धादिङ ।
निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अबसरमा धादिङबेसीमा रहेको सहयात्री समाजले संचालन गरेको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग उपलब्ध गरराएको छ ।
नेपाल निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दु्वाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्मृति दिवसमा नेकपा एमालेका जिल्ला कमटि सचिव राधिका सापकोटा, सहयात्री समाजका गायत्री खतिवडा, नेपाल कर्मचारी युनियनका कृष्ण श्रेष्ठलगायतले सहिदको योगदानमाथी प्रकाश पार्नुभयो ।
ज्यानको पर्वाह नगरि राज्य व्यवस्था परिवर्तनमा योगदान गर्ने खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र, कार्की, मुगुका सुरेन्द्र बिक लगायतको योगदानको सम्झनामा सुरक्षित आवास गृहमा रहेका हिंसा प्रभावितहरुका लागि दैनिक उपभोग्य सामाग्री चामल, दाल, तेल तथा सरसफाई सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा सापकोटाले सकारात्मक सोचका साथ सोचेजति परिवर्तन नभएपनि सहिदले देखाएको बाटोमा समृद्ध नेपाल निर्माणका कार्यगर्न सबैलाई आग्रह गर्नुभयो ।
महिला र बालिकामाथी हुने घटनामा पीडकलाई कसरी राख्ने कति सिदा दिने भन्ने जस्ता कुरा राज्यले प्राथमिकतासाथ गर्ने र पीडित केखायो, के लगायो कहाँ बस्यो र अब उ कसरी जिवन चलाउन सक्छ भन्ने बेवास्था पारिएको पीडितहरुका लागि गरिएको सहयोगको सहयात्री समाजको तर्फबाट गायत्री खतिवडाले आयोजकलाई धन्यवाद दिनुभयो ।
परिवारबाट बलात्कारमा परेर घर, परिवार र समाजबाट बहिस्करणमा परेका, घरेलु हिंसामा परेकाहरु गरि हाल सुरक्षित आवासगृहमा ५ जना हिंसा पीडितहरु रहेका छन् ।
सुरक्षित आवासगृहमा रहेकाहरुलाई राज्यको तर्फबाट सहयोग गर्न र राज्यले सबै सुबिधा सहित सुरक्षित आवासगृह जिम्मा लिनका लागि आग्रह गरिएको छ ।  


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar