गुरु पूर्णिमाकाे अबसरमा पाँचजना सम्मानित

गुरु पूर्णिमाकाे अबसरमा पाँचजना सम्मानित

  • Kandara Samachar

  • सोमवार, साउन ७, २०८१

  • 123
    SHARES
गुरु पूर्णिमाकाे अबसरमा पाँचजना सम्मानित

रामहरी थापा/धादिङ

नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्यसमिति धादिङले शिक्षकहरुलाई सम्मान गरेको छ ।

आईतबार गुरु पुर्णिमा तथा संस्था स्थापना दिवसको अवसरमा ५ जना शिक्षकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा शिक्षामा आफ्नो उल्लेखनिय योगदान पुर्याउनुभएको जेष्ठ निवृत्त शिक्षकहरु लोकेन्द्र कुमार थापा, रामकुमार श्रेष्ठ, जगन्नथ तिमल्सिना, हरीप्रसाद भट्ट र मणिकान्त न्यौपानेलाई सम्मान गरीएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निवृत्त शिक्षक समाज, जिल्ला कार्यसमिती धादिङका अध्यक्ष केशरी प्रसाद पन्तले शिक्षण पेशा जस पाउने पेशा नभएको बताउनुभयो । निश्वार्थ भावले विद्यालयलाई ज्ञानको मन्दिरको रुपमा स्थापित गरेर बिद्यालय र शिक्षा क्षेत्रमा आफुले सक्नेजति योगदान गरेको बताउनुभएको छ । उहाँले आफुहरुले पढाएका बिद्यार्थीहरु नेतृत्वदायी ठाउँमा पुगेको र तिनै नेताहरुले शिक्षक र शिक्षा क्षेत्रको बिषयमा नसोचेको दुखेसो व्यक्त गर्नुभयो ।
निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केशरी प्रसाद पन्तको अध्यक्षतामा भएको सम्मान तथा शुभकामना कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय सदस्य लोकेन्द्र कुमार थापाको प्रमुख आतिथ्य रहेको थियो भने पुष्पबिक्रम मल्लको विशेष आतिथ्यता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar