धादिङकी साहित्यकार अर्याल सम्मानित, ३१ विधामा अवार्ड प्रदान

धादिङकी साहित्यकार अर्याल सम्मानित, ३१ विधामा अवार्ड प्रदान

  • Kandara Samachar

  • शनिबार, असार ३०, २०८१

  • 936
    SHARES
धादिङकी साहित्यकार अर्याल सम्मानित, ३१ विधामा अवार्ड प्रदान

धादिङ ।

धादिङकी साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को अबसरमा सम्मानित हुनुुएको छ ।
नेपाली गीत संगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा सम्पन्न भएको छ। सोही अबसरमा सम्मानित हुनुुभएको थियो ।

काठमाण्डौमा आयोजित भब्य समारोहमा धादिङकी साहित्यकार सृजना अर्याल सम्मानित गरिएको थियो । सो अबसरमा संगीतको २४ विधा र फिल्मको ७ विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरियो।
कार्यक्रममा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्मान तथा विभिन्न विधाका अवार्डहरु वितरण गर्नुभयो । कार्यक्रममा प्रतिष्ठित गीतकार बीबी थापालाइ नगद २५ हजार ५५५ सहित दिर्घ साधना सम्मान प्रदान गरियो। कार्यक्रममा गीता अधिकारीलाई नगद ५ हजार एक सय सहित पत्रकारिता पुरस्कार प्रदान गरियो।
अर्थप्रधान अनलाइन ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित हुनुुभयो । कार्यक्रममा कलाकार पवन प्रसाद खतिवडालाई राष्ट्रिय कलाकारिता सम्मान प्रदान गरियो। कार्यक्रममा साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई सम्मानित गरिएको थियो ।
यसअघि सृजना अर्यालले लेखेकाे राष्ट्रिय गीतलाई उत्कृष्ट घाेषणा गरि नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ को उत्कृष्ठ गीतकाे रुपमा पुरस्कृत गरेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar