नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्

  • Kandara Samachar

  • शुक्रबार, असार २९, २०८१

  • 123
    SHARES
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका हुन्।

 

दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बराल लगायत शीतल निवास पुगेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar