एमाले पालिका पदाधिकारीलाई अभिमूखिकरण

एमाले पालिका पदाधिकारीलाई अभिमूखिकरण

  • Kandara Samachar

  • आइतवार, असार १७, २०८१

  • 284
    SHARES
एमाले पालिका पदाधिकारीलाई अभिमूखिकरण

धादिङ ।

नेकपा एमाले धादिङले गाउँ र नगर पालिका पदाधिकारीहरुलाई अभिमूखिकरण कार्यक्रम संचालन गरेको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले उदघाटन गर्नुभएको अभिमूखिकरणमा पालिका कमिटिको काम, संचार, समृद्धिको आधार तथा मिसन ०८४ का विषयमा जानकारी गराइएको नेकपा एमाले जिल्ला उपसचिव भक्त लामीछानेले बताउनुभयो ।
अभिमूखिकरण कार्यक्रममा एमाले जिल्ला इन्चार्ज देवकोटाले समय सापेक्ष जनताको घरदैलोका, मतदातासंग भेटघाट गर्दै जनताको पक्षमा काम गर्दै पार्टी संगठन निर्माणमा लाग्नु आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले समाजवाद उन्मुख अर्थतन्त्रका लागि एमाले नै आवस्यक भएको बताउनुभयो ।
अभिमूखिकरणमा नेकपा एमाले इन्र्चाज देवकोटा, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, नेकपा एमाले केन्द्रीय सदस्य जानुका सिंखडा, प्रदेश कमिटि सदस्य उमेश थापा, एमाले विज्ञान तथा प्रविधि विभाग सदस्य कृष्ण अधिकारी, जिल्ला सचिव राधिका सापकोटा, लगायतले अमिभूखिकरण गर्नुभएको थियो ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar