गल्छी एमाले अधिवेशन जेठ १९ गते हुँदै

गल्छी एमाले अधिवेशन जेठ १९ गते हुँदै

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ ४, २०८१

  • 444
    SHARES
गल्छी एमाले अधिवेशन जेठ १९ गते हुँदै

सुदिप अधिकारी / गल्छी ।

नेकपा एमाले गल्छी गाउँपालिका कमिटीको दाेश्राे पालिका अधिवेशन जेष्ठ १९ गते हुने भएकाे छ ।
नेकपा एमाले गल्छी गाउँ पालिका कमिटीको शुक्रबार बसेको बैठकले भव्यताका साथ अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।
अधिवेशनले नया नेतृत्व चयन गर्नेछ, पालिका सांगठनिक र अार्थिक प्रतिवेदन पारित गर्दै नया कार्याेजना निर्माण गर्ने छ ।
यसका लागि जेष्ठ १२ गते गल्छीका ८ वटै वडाले प्रतिनिधि छनोट गर्ने र यही जेष्ठ १९ गते पालिका अधिवेशन गर्ने तय भएको पालिका कमिटी सचिव राजकुमार रिमालले बताउनुभयाे ।
पालिका अधिवेशनमा कम्तिमा एक तिहाई महिला सहित, दलित, युवा समेतकाे सहभागिता हुनेगरि प्रतिनिधि छनाैट गरि पालिका कमिटीमा समेत सहभागिता हुने व्यवस्था मिलाईएकाे छ ।
पालिका कमिटी कार्यवहाक अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएकाे बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मद्त्त देवकाेटा, केन्द्रीय सल्लाहकार सदस्य जगन्नाथ नेपाल, प्रदेश कमिटि सदस्य नरेश खतिवडा,जिल्ला सचिव राधिका सापकाेटा लगायतका नेताहरुकाे सहभागिता थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar