गाउँमै सुन फलाउने बद्रीदाई : गुलिया सुन्तला र जुनार अनि विषादीरहित तरकारी

गाउँमै सुन फलाउने बद्रीदाई : गुलिया सुन्तला र जुनार अनि विषादीरहित तरकारी

  • Kandara Samachar

  • आइतवार, मंसिर २९, २०८२

  • 172
    SHARES
गाउँमै सुन फलाउने बद्रीदाई : गुलिया सुन्तला र जुनार अनि विषादीरहित तरकारी
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

✍️ सीताराम अधिकारी /धादिङ ।

गाउँमा युवाहरु विदेश भासिएर गाउँ खाली हुँदै छ । वृद्धहरसले सुन फलाउन सकिन्छ भनेर पहालाई सिंचित गर्दै अनेकन फलफुल र तरकारी उत्पादन गरिरहेकाे छन् । अाफ्नाे माटाेमा खेल्दै यसैलाई आम्दानीकाे श्राेत बनाउन सकि्छ भन्ने उदाहरण बन्नु भएका नीलकण्ठ नगरपालिका–२, सिउँदीबारका तोयनाथ अधिकारी, अर्थात बद्री दाई अहिले संचारकर्मीकाे टाेली पुग्दा खुसीले गदगद हुनुभयाे ।

बारीमा पँहेलपुर लटरम्म फलेका जुनार, गुलियाे भइसकेका सुन्तला, सजाएर राखिएका जस्ता बारीका पाटामा घुसुवा बाली जो–कोहीको ध्यान नखिच्ने कुरै भयन ।

पैसा कमाउन विदेश हाेइन स्वदेशमा घरकाे पिठाे र गुन्द्रुक खाएर आफ्नै आँगनका डिलमा सुन फलाएर परिवारसंग सणवर्गकाे अनुभव लिन सकिन्छ भन्ने जिउउदाहर बन्नुभएका बद्रीदाईको बगैंचामा २ सय हाराहारीमा सुन्तला र जुनारका बोट छन् । पुराना बोट मर्ने र नयाँ बिरुवा थपिँदै जाने भएकाले ठ्याक्कै संख्या भन्न कठिन भए पनि उत्पादन भने उल्लेख्य रहेको उहाँ बताउनुहुन्छ ।

अघिल्लो वर्ष मात्र सुन्तला र जुनार बिक्रीबाट करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको उहाँले यस वर्ष पनि आधाभन्दा बढी सुन्तला बिक्री भइसकेको जानकारी दिनुभयो । बाँकी सुन्तला र जुनार बिक्रीपछि पुस महिनातिर मात्र यकिन आम्दानीको हिसाब हुने भए पनि यस वर्ष पनि पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी हुनेमा उहाँ ढुक्क देखिनुहुन्छ ।

गुलियाे रसिलाे  सुन्तला, जुनार खाँदा जति आनन्द आउँछ त्यति नै साग काउली र काेदाेकाे ढिँडाे खादा हुने फाईदाले स्वर्गकाे अनुभूत गराउँछ ।

धादिङबेसिबाट १० किलाेमिटरकाे दुरीमा रहेकाे सिउँडीबार पारी लस्करै गणेश हिमा, प्यालदाेर हिमा, मनासलु हिमालकाे अगाडि पहेलपुर बगैँच बारीभरि तरकारी गाउले जनजिवन तर सुन फलिरहेका बारीका कान्ला, बद्रीदाइकाे मेहनत, पसिनाले अन्य मानिसलाई पनि तानीरहेकाे छ ।

फलफूलमै सीमित नरही बद्री दाइले अन्तरबालीका रूपमा तरकारी खेतीलाई पनि प्राथमिकता दिनुभएको छ । उहाँको फार्ममा बाह्रै महिना सिजनल तथा अफ–सिजन तरकारी उत्पादन हुँदै आएको छ । सुन्तला, जुनार, कागती र तरकारी वर्षभरि उत्पादन भइरहेकाले तत्काल कति आम्दानी भयो भनेर ठोकुवा गर्न गाह्रो हुने उहाँको भनाइ छ । उत्पादनको विविधीकरणले जोखिम घटाएको र आम्दानीलाई स्थिर बनाएको अनुभव उहाँसँग छ । अहिलेपनि काउली, स्थानीय भन्टा, साग, लगायत तरकारी बारीमा छन् ।

१८–२० वर्ष लामो कृषि यात्रामा उहाँले जीवन कृषि क्षेत्रमै समर्पण गर्ने दृढ अठोट गर्नुभएको छ । आफ्ना परिवारका सदस्यलाई पनि यही क्षेत्रमा प्राविधिक रूपमा दक्ष बनाउँदै अघि बढाउने उहाँको योजना छ । समस्या धेरै देखिए पनि सम्भावना अझै ठूलो रहेको उहाँको भनाइ छ । “हाम्रो देशमा केही गर्न सकिँदैन भन्ने सोचलाई तोड्नुपर्छ,” उहाँ भन्नुहुन्छ, “कृषि, पर्यटन, जलविद्युत् र उत्खनन सबै क्षेत्रमा अपार सम्भावना छन्, आवश्यक भनेको त्यसको सदुपयोग हो ।”

विदेशी भाषा र विदेशकै सपना मात्र देखाउने शिक्षा नीतिभन्दा स्वदेशमै उत्पादन, प्रशोधन र बजारीकरण सिकाउने शिक्षा आवश्यक रहेको बद्रीदाईकाे धारणा छ । सीप र दक्षता भए स्वदेशमै पनि राम्रो गर्न सकिने र योजनाबद्ध रूपमा अघि बढे कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

बद्री दाइका अनुसार नीतिगत कमजोरी, समयमा बीउ नपाइनु, मलखादको अभाव, प्राविधिक जनशक्तिको कमी र ग्रामीण सडकको कमजोर अवस्थाले किसानलाई हैरान बनाएको बद्रीदाइकाे अनुभव छ ।

उत्पादन भएका वस्तु २४ घण्टाभित्र बजारसम्म पुर्‍याउन सकिने सडक सुविधा भए किसानको लागत घट्ने र उपभोक्ताले पनि ताजा वस्तु पाउने उहाँको अनुभव छ ।

“सरकार अभिभावक हो, उसले गर्नुपर्ने काम गर्नैपर्छ,” उहाँ भन्नुहुन्छ, “ किसान आफैंमा पनि चुनौती सामना गर्ने क्षमता हुनुपर्छ ।” चुनौती नभएको क्षेत्र नै नहुने भएकाले समस्या देखेर पछि नहट्नुपर्ने उहाँको धारणा छ ।

लटरम्म फलले ढाकिएको बगैंचामा सधैं व्यस्त देखिने बद्री दाइ आज सफल किसान मात्र होइनन्, स्वदेशमै श्रम र सीप लगानी गरे आत्मनिर्भर बन्न सकिन्छ भन्ने आशाका किरण हुन । सिउँडीबारका मात्र हाेइन नेपाललाइ स्देशबाट विषादीरहित फलफुल खुवाउनुपर्छ भन्ने ज्याेतिपुञ्ज हुन बद्रीदाइ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar