सक्सेस एकेडेमी ‘जिल्ला च्याम्पियन’

सक्सेस एकेडेमी ‘जिल्ला च्याम्पियन’

  • Kandara Samachar

  • सोमवार, मंसिर २३, २०८२

  • 246
    SHARES
सक्सेस एकेडेमी ‘जिल्ला च्याम्पियन’

धादिङ ।

प्याब्सन  धादिङले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी जिल्ला च्याम्पियन बन्न सफल भएको छ।

सक्सेक एकेडेमीका विद्यार्थी स्वस्तिका वस्ति (कक्षा १०) र आर्नब रेग्मी (कक्षा ९) ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका हुन्।

प्रतियोगितामा प्रभावशाली प्रश्न उत्तर क्षमता सहित अघि बढेको टीमले अन्तिम चरणसम्म कडा प्रतिस्पर्धा गर्दै

जिल्ला च्याम्पियन बन्न सफल भएको हो। यससँगै सक्सेस एकेडेमी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएको छ, जसले विद्यालयको प्रतिष्ठा थप उचो पारेको छ।

यसै शैक्षिक सत्रभरमा पनि विद्यालयले अतिरिक्त क्रियाकलाप मा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। हालसम्म ६ वटा उपाधि जितिसकेको विद्यालयले गत महिनामा सम्पन्न प्याब्सन चेस प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेको सक्सेस एकेडेमीका प्रधानाध्यापक जगत रिजालले जानकारी दिनुभयाे ।

विद्यालयका शिक्षक, ईसीए/सीसीए टोली तथा अभिभावकको निरन्तर सहयोग र विद्यार्थीकै प्रतिबद्धताले यस्ता उपलब्धि सम्भव भएको विद्यालयले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar