
धादिङ ।
साना किसान कृषि सहकारी संघ लि. धादिङको २५ औँ साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा बागमति प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष डिल्लीप्रसाद पाठक, जिल्ला सहकारी संघका अध्यक्ष रंग थपलिया, साना किसान कृषि सहकारी संघ लि. धादिङका सल्लाहकार कृष्णप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले शुभकामना व्यक्त गर्दै साना किसान कृषि सहकारी संघले नितिगत रुपमा सरकारसंग नितिगत सुधारको पैरवी र सदस्य संस्थाको हक हितमा काम गर्न आग्रह गर्नुभयो ।
संघमा हालसम्म ४९ वटा साना किसान कृषि सहकारी संस्थाहरु सदस्य रहेका छन भने समान प्रकृतिका कृषि सहकारी संस्थाहरु ९ वटा गरी हाल यस संघमा कुल ५८ वटा सहकारी संस्थाहरु सदस्य रहेका छन । जसमध्ये ८० प्रतिशत महिला सदस्यहरु रहेका छन । साना किसान कृषि सहकारी संघ लि धादिङमा आवद्व साना किसान कृषि सहकारी संस्थाहरुको कुल शेयर सदस्य संख्या ५० हजार भन्दा बढी र कर्जा लिने सदस्य २२ हजार भन्दा धेरै रहेको छ ।
साना किसान कृषि सहकारी संघ लि. धादिङमा आवद्ध संस्थाहरुमध्ये ५ करोड भन्दा माथि कारोवार गर्ने ३१ वटा छन भने, १ करोड देखि ५ करोड सम्म कारोबार गर्ने संस्था २९ वटा रहेका छन् ।
सहकारीहरुको शेयर रकम ६८ करोड भन्दा बढी भइसकेको छ,
त्यस्तै जम्मा आन्तरिक पुँजी स्रोतको रुपमा चार अर्ब भन्दा बढी रहेको छ ।
५० हजार देखि १ करोड ५० लाख भन्दा बढीसम्म नाफा कमाउन सफल भएका छन् ।
धादिङको सहकारी क्षेत्रमा साना किसान कृषि सहकारी संघ/संस्थाको ठूलो योगदान रहेको छ ।
साना किसान सहकारी संस्थाहरुको ऋण लगानी मुख्य गरि कृषि उत्पादन, पशुपालन, दुध तथा मासु उत्पादनमा रहेको छ ।
१४ लाख ३० हजार शेयर रकम रहेकाे साना किसान कृषि सहकारी संघ लि धादिङले १४ लाख १९ लाख ७ सय नाफा गरेकाे छ ।
साना किसान कृषि सहकारी संघ लि. का अध्यक्ष अप्सरा अधिकारकिो अध्यक्षतामा सम्पन्न साधारण सभाको उपाध्यक्ष रमेश खतिवडाले स्वागत गर्नुभयाे ।