विद्युत आयात घटाउँदै, चार अर्वकाे निर्यात

विद्युत आयात घटाउँदै, चार अर्वकाे निर्यात

  • Kandara Samachar

  • आइतवार, साउन २६, २०८२

  • 229
    SHARES
विद्युत आयात घटाउँदै, चार अर्वकाे निर्यात

काठमाडौं, ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विद्युत् आयात परिमाण घटाउँदै गएको र यस वर्ष साढे ४ अर्ब रुपैयाँ बराबरको बिजुली विदेश निर्यात गर्न सफल भएको बताउनुभएको छ ।

उहाँका अनुसार विगतमा लोडसेडिङ अन्त्य भए पनि उद्योग क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा सुनिश्चित हुन सकेको थिएन। तर अब उद्योगहरूमा पनि विद्युत् प्रवाह बढाइएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, ‘हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ, विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको छ, हामीले यस वर्ष साढे ४ अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्न सफलता पाएका छौँ ।’

  1. यो उपलब्धिले नेपालको ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र निर्यात क्षमता बढ्ने विश्वास जगाएको प्रधानमन्त्रीकाे भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar