उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया

उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया

  • Kandara Samachar

  • शनिबार, असार २१, २०८२

  • 79
    SHARES
उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया

उपभोक्तालाई सचेत पार्दै उद्योग तथा वाणिज्य कार्यालय

धादिङ

उद्योग तथा वाणिज्य कार्यालय धादिङले उपभोक्ता हित संरक्षण मञ्च धादिङको सहकार्यमा उपभोक्तालाई सचेत पार्दै अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

उद्योग, व्यापार, तथा व्यवसाय प्रवद्र्धनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम संचालन गर्दै उपभोक्ताको अधिकार र कानूनी व्यवस्थाबारे छलफल गरिएको छ ।

उद्योग तथा वाणिज्य कार्यालय धादिङका कार्यलय प्र्मुख चुडामणि पुरीले उपभोक्ता लक्षित कानून, उपभोक्ता अधिकार र उपभोक्ताले उपभोग्य सामाग्री खरिद गर्दा ध्यानदिनु पर्ने विषयमा जानकारी दिनुभएको थियो ।

कार्यक्रमलाई प्रकृति मानव केन्द्रीत जनअभियानका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला विकास सममितका उपसभापति उत्तम कँडेलले उपभोग्य वस्तुहरु प्राकृतिक रुपमा उत्पादन भएका हुनु पर्नेमा अहिले आयातित वस्तुले अस्वस्थ बन्दै गएको उल्लेख गर्दै स्वच्छ वातावरण हक नागरिकले पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, राष्ट्रिय उपभोक्ता मंचका जिल्ला अध्यक्ष  नारायणलाल श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्याेग महासंघका वागमति प्रदेश उपाध्यक्ष बलराम लम्साल लगायतले उपभोक्ताले उपभोग्य वस्तु खरिद गर्दा सचेत हुनु पर्ने बताउनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष शिवराज सापकोटाले उपभोक्ताको अधिकार स्थापित  गर्दै सरकारी निकायलाई जिम्मेवार बनाउने अभियान लागिरहेको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar