नीलकण्ठमा यसवर्ष ५ सय ५६ जनाले तालिम लिए

नीलकण्ठमा यसवर्ष ५ सय ५६ जनाले तालिम लिए

  • Kandara Samachar

  • सोमवार, असार १६, २०८२

  • 248
    SHARES
नीलकण्ठमा यसवर्ष  ५ सय ५६ जनाले तालिम लिए

धादिङ
नीलकण्ठ नगरपालिकाले विभिन्न समयमा संचालन गरेको तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।
तालिमहरुको समापपन गर्दै नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगानाले देशमै रोजगार सिर्जन ागर्न र विदेशको तातोघाममा नभइ आफ्नौ परिवारसंग बसेर कमाउने वातावरणका लागि सीप दिइएको बताउनुभयो । समापन कार्यक्रममा बोल्नुहुदै नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङगानाले सीप सिकेर आत्मनिर्भर बन्ने मार्गमा अघि बढेका सहभागीलाई बधाई दिंदै, प्राप्त सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा २० जनाले बारिष्ठा तालिम, १५ जनाले कूक तालिम, १५ जनाले हलुका सवारी चालक तालिम, २० जनाले वेटर तालिम तथा ४० जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत डकर्मी तालिमको प्रमाणपत्र प्राप्त गरेका छन् । यस वर्ष नगरपालिकाले १९ किसिमका ५ सय ५६ जनालाई तालिम दिएको जनाएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नं–८ का अध्यक्ष एवं नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्इक्ष सीताराम अधिकारी, सामाजिक विकास संयोजक मञ्जु थापा मगर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar