
धादिङ ।
२२औँ राष्ट्रिय धान दिवसकाे अबसर असार १५ धादिङकाे बिर्तावेसीमा राेपाइँ महाेत्सब गरिएकाे छ ।
‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा रहेकाे असार १५ धादिङको नीलकण्ठ नगरपालिका–८ बिर्ताबेसीमा रोपाई महोत्सव आयोजना गरिएको हाे ।
नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
राेपाइँ महाेत्सबमा प्रदेश साम्सद गाेविन्द लम्सालकाे प्रमुख आतिथ्यमा भएकाे धानदिवसकाे कार्यक्रमकाे जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीकाे अध्यक्षतामा भएकाे थियाे ।
पंचेबाजासहित भएकाे कार्यक्रममा कसैलेपनि जग्गा बाँझाे राख्न नहुने बताएका छन्
धादिङमा करिव १३ हजार ६ सय हेक्टरमा धान खेती लगाईदै आएको छ । बार्षिक ५० हजार ३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । धादिङका किसान पछिल्लो समय बढी उत्पादन हुने हाइब्रिड जातको धानप्रति आकर्षित भएका छन् ।
जिल्लामा कुल ४८ हजार एक सय ३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३५ हजार एक सय ५० हेक्टरमा खेती गरिदै आएको कृषि विकास कार्यालय धादिङले जानकारी दिएको छ । धादिङमा उत्पादन भएको धान छिमेकी जिल्ला काठमाण्डौ, रसुवा, नुवाकोटमा बढी निर्यात हुने गरेको छ ।