विद्यार्थीलाई धानराेप्न सिकाउँदै एड्भान्स एकेडेमी

विद्यार्थीलाई धानराेप्न सिकाउँदै एड्भान्स एकेडेमी

  • Kandara Samachar

  • शनिबार, असार १४, २०८२

  • 186
    SHARES
विद्यार्थीलाई धानराेप्न सिकाउँदै एड्भान्स एकेडेमी

धादिङ

किताबमा धान कसरी राेक्ने र कसरी फलाउने मात्र पढेका विद्यार्थीहरुलाई एड्भान्स् एकेडेमीले हिलाे खेतमा धान राेप्न सिकाएकाे छ ।

कापधान दिवस २०८२ काे अबसरमा  विधार्थीहरुले  धान रोपाइँ  कार्यक्रम  सम्पन्न गरेका छन् ।

धान दिवसको अवसरमा सामाजिक विषय अन्तर्गत विद्यालयकाे तर्फबाट अतिरिक्त विभागीय प्रमुख सुनिता तामाङ र नेपाली विषय विभागीय प्रमुख मथुरा राना मगरको नेतृत्वमा कक्षा ८, ९ र १० मा अध्ययरत विद्यार्थीहरुले नीलकण्ठ नगरपालिका वडा नमवर -९ भ्वाने आँसी खोला खेतमा  धान राेपाइँ गरिएकाे थियाे ।

उत्साहपुर्वक  सहभागितामा धान रोपेका  विद्यार्थीहरु खेतमा रोपाइँको अनुभव लिन पाउँदा  निकै खुसी देखिन्थे । जसका उदेश्य  नयाँ पुस्तालाई कृषि र परम्परासँग परिचित गराइ धान खेतीमा वैज्ञानिककरण र आधुनिक कृषिमा नवप्रवर्तन्को सोचको विकास गर्ने  विद्यार्थीहरुलाई पुस्तक बाहेक वास्तविक  जीवन शिक्षासँग जोड्दै कार्यक्रमहरु आयोजना  गर्ने गरेका  विद्यालयका प्रधानाध्यापक भिम बहादुर श्रेष्ठले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar