बेनिघाटराेराङकाे प्रथमिकतामा शिक्षा, कृषि र पुर्वाधार  : ९३ करोड ३० लाख ३१ हजारको बजेट पारित

बेनिघाटराेराङकाे प्रथमिकतामा शिक्षा, कृषि र पुर्वाधार  : ९३ करोड ३० लाख ३१ हजारको बजेट पारित

  • Kandara Samachar

  • मङ्लबार, असार १०, २०८२

  • 110
    SHARES
बेनिघाटराेराङकाे प्रथमिकतामा शिक्षा, कृषि र पुर्वाधार  : ९३ करोड ३० लाख ३१ हजारको बजेट पारित

धादिङ  ।

बेनीघाट रोराङ गाउँपालिकाको १७ औं  गाउँ सभा  नीतितथा कार्यक्रम बजेट परित गर्दै सम्पन्न भएकाे छ । आर्थिक वर्ष  २०८२/०८३ को लागि प्रस्तुत नीति तथा कार्यक्रमले  शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ।

 निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पालिका प्रतिबद्ध रहेको बताउनुभयाे ।  गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने गरी रणनीतिक कार्यक्रम अघि बढाइने उहाँकाे भनाई छ।

  ‘युवामा लगानी, ल्याउँछ विकासमा बिहानी’ भन्ने नारासहित युवा तथा खेलकुद क्षेत्रलाई समेत बजेट विनियाेजन गरेकाे छ ।

गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले आफुहरू जनताको मालिक नभई सेवकका रूपमा काम गरिरहेको उल्लेख गर्दै सामाजिक एकता, सहिष्णुता र समावेशी विकासमा पालिका क्रियाशील रहेको बताउनुभयाे  ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले नागरिकका चाहना र आवश्यकतालाई मध्यनजर गरि नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताउदै पालिकाबासीको जनजीवनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयाे ।

गाउँपालिका सभाको १७औँ अधिवेशनले ९३ कराेड ३० लाख ३१ हजारको बजेट सर्वसम्मत रुपमा पारित गरेकोछ।  चालु तर्फ ५८ दशमलव ५३ प्रतिशत र पुँजीगत तर्फ ४१ दशमलव ४७ प्रतिशत खर्च हुने  अनुमान गरिएकाे छ ।

क्षेत्रगत रूपमा आर्थिक विकासका लागि ६ करोड ३६ लाख रुपैयाँ, सामाजिक विकासका लागि ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ, पूर्वाधार विकासका लागि ३१ करोड ८० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड १२ लाख ५० हजार रुपैयाँ, संस्थागत विकास तथा सुशासनतर्फ ११ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

खर्च व्यहोर्ने विभिन्न स्रोतहरूमा अन्तर सरकारी वित्तीय हस्तान्तरणमा संघीय  सरकारबाट प्राप्त हुने वित्तीय सामान्यीकरण अनुदानबाट १५ करोड ६१ लाख रुपैयाँ, समपूरक अनुदानबाट ७८ लाख रुपैयाँ, सशर्त अनुदानको रूपमा २९ करोड ६८ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ ।त्यसैगरी प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण अनुदान बापत एक करोड ६३ लाख ७७ हजार रुपैयाँ, प्रदेश सशर्त अनुदान स्वरूप २ करोड ९८ लाख २६ हजार रुपैयाँ, प्रदेश विशेष अनुदान बापत ५५ लाख रुपैयाँ र प्रदेश समपूरक अनुदान स्वरूप २ करोड २४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकाे उपाध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

 १० ओटा वडा बेनीघाट रोराङ गाउँपालिकामा सबै वठाले बजेट पाएका छन् ।

वडा नमवर १ मा ४५ लाख, वडा नम्बर २ मा ९२ लाख, वडा नम्बर ६७ लाख, वडा नमवर ४ मा ५० लाख, वडा नम्बर ५ मा ६० लाख, वडा नम्बर ६ ४९ लाख, वडा नमवर ७ मा ४६ लाख , वडा नमवर ८ मा ५१ लाख ५० हजार, वडा नम्बर ९ मा ५९ लाख ५० हजार र वडा नम्बर १० मा ८२ लाख रुपैयाँ बजेटकाे सिलिङ दिएर याेजना छनाैट गरिएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar