युवाका उत्पादन र सीप प्रदर्शन गर्दै सम्पन्न युवा सिप तालिम राेजगार मेला सम्पन्न

युवाका उत्पादन र सीप प्रदर्शन गर्दै सम्पन्न युवा सिप तालिम राेजगार मेला सम्पन्न

  • Kandara Samachar

  • आइतवार, असार १, २०८२

  • 51
    SHARES
युवाका उत्पादन र सीप प्रदर्शन गर्दै सम्पन्न युवा सिप तालिम राेजगार मेला सम्पन्न

धादिङ

नीलकण्ठ नगरपालिकाको आयोजनामा युवासँग उप-प्रमुख कार्यक्रम अन्तर्गत दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला-२०८२ धादिङबेसीमा सम्पन्न भएकाे छ ।

युवा सीप, तालिम तथा रोजगार मेलाकाे उद्घाटन गर्दै  नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले  विदेश गएर बाेटमा पैसा टिप्ने नभई ४०/४५ डिग्रीकाे ताताे घाममा ज्यान जाेखिममा राखेर काम गरेर पनि खासै कमाउन नसक्ने बताउनु भयाे ।

विदेशमा कमाएकाे पैसा जति नभएपनि नपुग्ने त्याहा चिल्ला सडककाे फाेटाे हालेर नेपाललाई दाँजेर समृद्धि नआउने भन्दै नीलकण्ठ नगर प्रमुख ढुंगानाले सुकुलमा सुतेर पनि मिठाे निन्द्राआउँछ भने सबैभन्दा सुख त्यहि भएकाे बताउनुभयाे ।

नेपालम उद्याम गरेर उद्यमशील बन्न युवाहरुलाई नगरपालिकाकाे मेयर उद्यमशीलता कार्याक्रम, उपमेयरसंग युवा कार्यक्रममा सहभागी हुन अाग्रह गर्नुभयाे ।

नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले देशमै राेजगारी गरेर अाम्दानीकाे बाटाे खाेज्ने युवाहरुका लागि नगरपालिकामा श्रम राेजगार याेजना बैक बनाउने बताउनुभयाे ।

उद्घाटन समाराेहमा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ध्रुब थापा, नीलकण्ठ नगरपालिका सामाजिक विकास समितिका संयाेजक मगरले शुभकामना व्यक्त गर्दै युवाका उद्पादनकाे बजारकाे ग्यारेन्टी, उद्याेग सीप तालिम र राेजगारका लागि नगरपालिकाले काम गर्नुपर्ने बताउनुभयाे ।

मेलामा स्थानीय उत्पादन र हस्तकलाका सामग्रीको आकर्षक प्रदर्शनी गरेका थिए । सीप सिकेर स्वरोजगारमा लागेका युवाहरूले आफैंले बनाएका सामग्रीहरू ढाकाका पछ्यौरी, टोपी, बुटिक, ढाका झोला, सजावटी सामाग्री, बासको टोकरी, अचार, हस्तनिर्मित सौन्दर्य सामग्री, बुटिक कपडा तथा विभिन्न हस्तकलाका सामाग्रीहरु प्रदर्शनी तथा विक्रिका लागि राखिएको हो ।

युवाहरूलाई भविष्यका लागि उपयुक्त तालिम कुन हो भनेर बुझ्न के सिक्न चाहनुहुन्छ? भन्ने शीर्षकमा विशेष फर्म भरिएको छ । जसमा सयौं युवाहरूले सीप, तालिम तथा रोजगारप्रति आफ्नो रुचि र आवश्यकता उल्लेख गरेका छन् । संकलित विवरण नगरपालिकाको भविष्य नीति तथा तालिम योजना निर्माणमा उपयोग गरिने बताइएको छ ।

कार्यक्रममा प्रेरणादायी अभिव्यक्तिहरुका लागि मोटिभेसनल स्पिकरहरूले युवालाई हिम्मत, आत्मविश्वास र अवसरहरूलाई उपयोग गर्ने विषयमा अनुभव बाँडेका छन् । प्यानल डिस्कसन सेसनमा युवा उद्यमशीलता, रोजगारीका सम्भावना, सीपको बजारीकरण, महिला नेतृत्व, र स्थानीय सरकारले खेल्ने भूमिका लगायत विविध विषयमा विशेषज्ञहरू, सफल उद्यमी र नीति निर्माताहरूबीच गहन छलफल समेत गरिएको छ ।मेलामा करिब २५ वटा स्टलहरू राखिएका थिए, जसमा सरकारी, निजी तथा गैरसरकारी संघसंस्थाहरू, तालिम प्रदायक संस्था, स्थानीय उद्यमी, सहकारी संस्था, व्यवसाय परामर्शदाता, व्यवसाय दर्ता सेवाप्रदायक, बैंक तथा बीमा कम्पनी, गैरसरकारी संघसंस्था, युवा व्यवसायी समूहहरू लगायतले स्टलमा विभिन्न प्रदर्शनीका सामाग्रीहरु राखेका थिए । कार्यक्रमकै विचमा रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar