युवा सीप, तालिम तथा रोजगार मेलाको तयारी पुरा

युवा सीप, तालिम तथा रोजगार मेलाको तयारी पुरा

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ ३१, २०८२

  • 106
    SHARES
युवा सीप, तालिम तथा रोजगार मेलाको तयारी पुरा

धादिङ

नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा युवासंग उपप्रमुख संचालन गरिने युवा सीतप तथा रोजगार मेलाको तयारी पुरा भएको छ ।
शुक्रबार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले रोजगारी पाउन र यहि बसेर कमाउन यहि काम गर्न सकिन्छ भन्ने मूल उद्येश्य राखेर युवालाई सीप, तालिम र रोजगारी सिर्जना गर्नका लागि मेलाको दोश्रो संस्करण गरिएको बताउनुभयो ।
रोजगारीको खोजीमा रहेका युवाहरुलाई स्वदेशमै सरल तरिकाले रोजगारी पाउन, रोजगारदातासंग जोड्न, उद्यमशीलता तथा स्वरोजगारका कैयन रोजगारका अबसरका बारेमा ज्ञान आर्जन गर्न, हातमा सीप हुनेलाई रोजगारीको अबसर प्रदान गर्न, विभिन्न किसिमका परामर्शहरु प्रदान गर्नका लागि मेलाले अबसर दिने नीलकण्ठ नगरपालिका उपप्रमुख विश्वकर्माको भनाइ छ ।
गतवर्ष संचालन गरिएको मेलाबाट यस चालु वर्षमा नीलकण्ठ नगरपालिकाले ६ सय ६५ जनालाई विभिन्न् रोजगारमूलक विषयमा तालिम दिइएको र मेलाले युवाहरुको मागको बारेमा जानकारी भएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषेतम सुवेदीले जानकारी दिनुभयो ।
मेलामा विभिन्न ३० ओटा स्टलहरुमा अचार, डल, ढाका बुनाइ, गलैँचा बुनाइ, दुना टपरी, तरकारीहरु, मादल डम्फु, दुधजन्य पदार्थ, झेला, कफी मेकिङ तथा नेवारी खाजा पसल समेतको प्रदर्शनी तथा विक्रि गरिने गरि योजना रहेको सो अबसरमा जानकारी दिइएको छ ।
युवा उद्यमीको अनुभवको आदानप्रदान गर्ने, युवाहरुको सीप तालिमको लागि माग संकलन, उत्प्रेरणामूलक विचारको प्रस्तुती, सेवा प्रदायकहरु र उद्योगहरुको अवस्थाका बारेमा मेलामा प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा युवा लक्षित पुस्तक विक्रि समेत हुने छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar