अखाद्य खानेकुरा विक्रि गर्ने राजमार्गका पाँच हाेटललाई जरिवाना

अखाद्य खानेकुरा विक्रि गर्ने राजमार्गका पाँच हाेटललाई जरिवाना

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ ३०, २०८२

  • 152
    SHARES
अखाद्य खानेकुरा विक्रि गर्ने राजमार्गका पाँच हाेटललाई जरिवाना

धादिङ

जिल्उला अनुगमन समितिले  धुनिबेसी नगरपालिकाका विभिन्न किराना पसल र होटलहरूमा बजार अनुगमन  गरि ५ हाेटललाई जरिवाना गरिएकाेछ ।

१४ वटा पसलमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लंघन गर्ने पाँचवटा होटललाई जरिवाना गरिएको छ। अनुगमन टोलीले सरसफाइमा लापरवाही, बिना दर्ता सञ्चालन, म्याद गुज्रेका सामान बिक्रीका लागि राखिएको, खरिद–बिक्रीमा बिल नबनाइएको तथा अधिकतम खुद्रा मूल्य (MRP) भन्दा बढी मूल्य लिएको जस्ता अनियमितता फेला पारेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेको नेतृत्वमा ग‌एको अनुगमन टोलीमा उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरी, राजेन्द्र प्रसाद कोइराला, नन्दराज जोशी, उपभोक्ता हित संरक्षण मञ्चका सदस्य शिवराज सापकोटा, लगायत अनुगमनमा सहभागी थिए।

आँदीखोला होटल धार्केलाई ५० हजार, न्यु आँदीखोला होटल धार्केलाई ५० हजार ग्रीन गाड्रेन होटल धार्के २५ हजार,  साथिभाई खाजाघर एण्ड होटललाई २५ हजार र फाष्ट एण्ड इजि क्याफेलाई १० हजार जरिवाना गरेको जिल्ला अनुगमन सद्स्य सचिव चुडामुणि पुरिले जानकारि दिनुभयाे ।

उल्लेखित पाँच होटललाई कुल रु १ लाख ६० हजार जरिवाना तिराइएको छ भने विभिन्न किराना पसलमा फेला परेका म्याद गुज्रिएका सामानहरू संकलन गरी नष्ट गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar