बेनिघाटरोराङ गाउँपालिकाद्वारा चिउरीको नर्सरी राख्ने तयारी

बेनिघाटरोराङ गाउँपालिकाद्वारा चिउरीको नर्सरी राख्ने तयारी

  • Kandara Samachar

  • बुधबार, जेष्ठ २९, २०८२

  • 184
    SHARES
बेनिघाटरोराङ गाउँपालिकाद्वारा चिउरीको नर्सरी राख्ने तयारी

धादिङ ।

बेनिघाटराेराङ गाउँ पालिकाले चेपाङ समुदायकाे संस्कृति र पहिचानसंग जाेडिएकाे चिउरीकाे नर्सरी राख्ने तयारी गरेकाे छ ।

चिउरी संरक्षण अभियान अन्तरगत विरुवा उत्पादन गर्नका लागि पालिकाले नै नर्सरी बनाउने तयारी गरेको हाे ।
चिउरी खेती गर्ने किसानलाई विरुवा वितरण गर्ने र बेनिघाट गाउँपालिका क्षेत्रलाई चिउरी पकेट क्षेत्र बनाउने अभियान अन्तरगत चिउरी गाउँपालिका भित्रकै चिउरी किसानबाट पाकेको चिउरी खरिद गरेर विउबाट नर्सरी राख्ने तयारी गरेको गाउँपालिका अध्यक्ष कष्णबहादुर थपलिया विवकेले जानकारी दिनुभयो ।
प्रतिकेजी रु ५० का दरले चिउरी खरिद गरेर वियाँ (बिउ) निकाल्न थालिएको छ । चिउरी नचिनेका मानिसलाई चिउरी ािनाउने र यसको पौष्टिकयुक्त खानेकुरा भनेर चिउने गरि केही समय पालिकामा प्रदर्शनी समेत गरिने छ भने यसको विउ निकाले पालिकाले नै नर्सरी राख्ने बेनिघाटरोराङ गाउँ पालिकाका सूचना अधिकारी परशुराम घिमिरेले बताउनुभयो ।
चेपाङ समूदायको संस्कृति संग जोडिएको चिउरीबाट आर्थिक रुपमा समेत यसलाई प्रयोग गर्न चिउरी संरक्षण र प्रवद्र्धनका कार्यक्रम गाउँपालिकाले संचालन गरिरहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar