दुग्ध विकास संस्थानका कर्मचारीले लिँदै आएको सेवा सुविधा कटौती

दुग्ध विकास संस्थानका कर्मचारीले लिँदै आएको सेवा सुविधा कटौती

  • Kandara Samachar

  • बुधबार, जेष्ठ १५, २०८२

  • 203
    SHARES
दुग्ध विकास संस्थानका कर्मचारीले लिँदै आएको सेवा सुविधा कटौती

काठमाडौ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डिडिसी) अन्तरगतका कर्मचारीहरुले लिदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुबिधा आज देखि कटौती गरेको छ ।
दुग्ध किसानहरुलाई दिनु पर्ने भुक्तानी , सरकार वाट लिएको रिण चुक्ता गर्नु पर्ने अवस्था लगायतका कारण यो सुबिधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
अन्य सार्वजनिक सस्थानहरुमा पनि सस्था घाटा नोक्सानीमा गएका वेला सुबिधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्ध जन्य पदार्थ बिक्रि गरि आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुबिधा कटौती जरुरी रहेको ठहर गरेको छ ।
यस अघि मन्त्रालयले सस्थान व्यवस्थापन समक्ष खाई पाई आएको सेवा सुबिधाको जानकारी मागेको थियो ।
आजै मन्त्रालयले सस्थानको महाप्रबन्धकमा सहसचिब जगदीश पाण्डेलाई पठाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar