अचार बनाउने तालिमपछि व्यवसायिकतातिर लाग्ने महिलाहरुकाे भनाई

अचार बनाउने तालिमपछि व्यवसायिकतातिर लाग्ने महिलाहरुकाे भनाई

  • Kandara Samachar

  • बुधबार, फाल्गुन १४, २०८१

  • 248
    SHARES
अचार बनाउने तालिमपछि व्यवसायिकतातिर लाग्ने महिलाहरुकाे भनाई

धादिङको थाक्रे गाउँपालिका-११, बालुवाफाँटमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिले आइतबार बाट सहकारीको हलमा सुरु गरेको तालिम मंगलबार सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै तालिमबाट महिलाहरुले आफ्नै घरमा बसेर पनि खालि समयमा समयको सदुपयोग होस् र तेस्बाट आफुलाई खर्च ब्यबस्थापन गर्न सकुन र ब्यबसायिक रुपमा समेत काम गर्न सकुन भन्ने उदेश्यले उक्त तालिम राखियको सहकारीका अध्यक्ष उर्मिला रेग्मी रुपाखेतीले बताउनु भयो। तालिममा कागती , लप्सी ,अमला, मासु ,लसुन ,मुला ,गोलभेडा लगायतको अचार बनाउन सिकाइएको रुपाखेतीले बताउनु भयो।

तालिममा ३५ जना महिलाहरु सहभागी रहेका थिए। उक्त तालिममा सहभागी महिलाहरुले तालिम बाट राम्रो सित आफुहरुले अचार बनाउन सिकेको अब यस सीपले घरमा बाकि रहेको फुर्सदको समयमा पनि आफुहरुले अचार बनाएर बेच्न सकिने बताएका छन्।तेस्तै समापन कार्यक्रममा प्रशिक्षक रजनी लामाले आफुले पनि यस्तै तालिम लिए पस्चार बिगत ३/५ वर्ष अघि देखि अचार बानाएर बेच्ने गरेको बताउदै आफुहरुले सिकेको सिप जिवनमा लागु गर्न आग्रह गर्नु भएको सहकारीको ब्यबस्थापक शान्ति आचार्यले जानकारी दिनु भयो ।

तालिमपछि महिलाहरुले व्यवसायीक रुपले अघि बढ्ने बताएका छन् ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar