खनियाबास गाउँसभा: पुर्वाधार विकासलाई प्राथमिकता 

खनियाबास गाउँसभा: पुर्वाधार विकासलाई प्राथमिकता 

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन ८, २०८१

  • 151
    SHARES
खनियाबास गाउँसभा: पुर्वाधार विकासलाई प्राथमिकता 

धादिङ
समुन्नत खनियावासको आधार, कृषि, पर्यटन र पुर्वाधार भन्ने मुल नारासहित खनियाबास गाउँपालिकाको दोस्रो गाउँसभाको छैटौ अधिबेशन सम्पन्न भएको छ ।

खनियाबास गाउँपालिकाले कृषि र भौतिक पुर्वाधार निर्माणका कार्यक्रलाई प्राथमिकतामा राखेर निति कार्यक्रम पारित गरेको छ ।
खनियाबास गाउँसभामा भारतीय दुतावासको सहलगानि २ करोड ४९ लााखको स्वास्थ्य संस्था निर्माण गर्न म्याचिगफण्ड, लिस्नेखोला टिका स्युग झार्लाङ खानेपानी २ करोड ८४ लाख सहलगानि, बुदुगिलिन्जो सडक १ करोड ५७ लाख, मानेचौतारा चौकि टोल सडक १ करोड ३७ लाख , कुरि खानेपानी एक घर एक धारा ५० लाख जस्ता ठुला योजनालाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष रणबहादुर तमाङले बताउनु भयो । गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङले संसोधित कार्यक्रम बजेट पेस गर्नु भयो ।

खनियाबास गाउँपालिका कृषि ब्यबसाय प्रबद्र्धन बिधेयक, खनियाबास गाउँपालिका आर्थिक कार्यविधि बिधेयक, गाउँ विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन बिधेयक, आर्थिक कार्यविधि नियमित तथा ब्यबस्थित गर्न बनेको बिधेयक, प्रशासकीय कार्यविधि नियमित गर्ने बिधेयक, सहकारी बिधेयक, न्यायिक समिति (कार्यविधि) बिधेयक, खनियाबास गाउँपालिका लेखा समितिको कार्यविधि ब्यबस्थापन बिधेयक, साझेदारी कार्यक्रम संचालन तथा ब्यबस्थापन गर्ने सम्बन्धि बिधेयक, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक, खनियाबास सुशासन बिधेयक, ऐतिहासिक,धार्मिक तथा संस्कृतिक सम्पदा एबम संस्कृति संरक्षण सम्बन्धि बिधेयक, संसोधित विपद ब्यबस्थापन संचालन कोष सम्बन्धि कार्यविधि, आर्थिक सहायता सम्बन्धि कार्यविधि समेत पारित गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar