आर्थिक मन्दीले व्यवसायी समस्यामा परेको कृषि मन्त्री अधिकारीकाे भनाइ

आर्थिक मन्दीले व्यवसायी समस्यामा परेको कृषि मन्त्री अधिकारीकाे भनाइ

  • Kandara Samachar

  • शुक्रबार, पुस २६, २०८१

  • 151
    SHARES
आर्थिक मन्दीले व्यवसायी समस्यामा परेको कृषि मन्त्री अधिकारीकाे भनाइ
धादिङ
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले उद्योग व्यवसाय धरासायी भएकाे  र आर्थिक मन्दीले व्यवसायी समस्यामा परेको बताउनुभएकाे छ ।
मुलुकको आर्थिक संकुचनका कारण उद्योग व्यवसाय फस्टाउन नसकेकोमन्त्री अधिकारीले  बताएका छन् ।
धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले विकास निर्माण, उद्योग, कृषि लगायतका क्षेत्रमा धेरै काम गर्नु पर्ने भए पनि आर्थिक संकुचनका कारण नसकिएको बताएका हुन् ।
कृषि प्रधान देश भनेर चिनिने नेपालमा कृषि क्षेत्रमा आयात गर्नु पर्ने बाध्यता रहेको उनले बताए । ‘अहिले ६२ प्रतिशतमा खुम्चिएको छ । यो कारण किन हो सोच्नुपर्ने अवस्था छ । बाँझो जग्गामा हरियारी बनाउन नसक्दा आयातमा बाँच्नु परेको छ । तीन तहको सरकार छ । तर हामी बाँझो जमिन टुलुटुलु हेरेर बसि रहेका छौं’ उनले भने– ‘बाँझो जग्गालाई हरियाली बनाउन आश्वयक छ । व्यवसायलाई कृषितर्फ लैजाऔं । राज्य त्यो पखेरामा पनि चाहन्छ । हामी त्यो संकल्पका साथ अघि बढेका छौं । व्यवसायी साथीहरुलाई मेरो आग्रह छ । तपाईहरु लाग्नुहोस्, सहयोग गर्न कृषि मन्त्रालय सदैब तत्पर छ ।’
नेपालको औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदारहँदै पनि यस क्षेत्रले रोजगारी, आयआर्जन, गरिवी न्यूनीकरण र निर्यातमा सोचेजति योगदान पुर्याउन नसकेको उनले बताए । ‘६० भन्दा बढी धादिङबेसीका सटर किन बन्द भयो ? यो बुझ्न जरुरी छ’, उनले भने– ‘पहिले कोठा पाइदैन थियो । अहिले धमाधम सटर बन्द हुन थालेका छन् । कहिलेपनि खुल्दैन के कारण होला ? व्यवसायले यस तर्फ ध्यान दिनु पर्छ । कृषि लगायत सबै क्षेत्रमा सरकारले मात्रै विकास गर्न सक्दैन । सबै मिले मात्रै विकासको सम्भावना छ । सबै मिलरे काम गरौं ।’
उद्घाटन समाराेहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, बागमती प्रदेशका पुर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, पूर्व साम्सद भुमि त्रिपाठी, खेम लाेहनी, प्रदेश साम्सद गाेबिन्द लम्साल, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, पुर्व संविधानसभा सदस्य पुष्पविक्रम मल्ल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतले शुभकामना व्यक्त गर्दै मर्यादित व्यवसाय गर्न,  व्यवसायिक सुरक्षा तथा क्षमतामा काम गर्न अाग्रह गरेका थिए ।
साधारणसभा तथा अधिवेशनकाे अबसरमा धादिङ उद्योग  वाणिज्य संघकाे सभाहलकाेमन्त्री अधिकारीले रिबन काटेर उद्घाटन गर्नुभयाे ।  धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाकाे अध्यक्षतामा उद्घाटन समाराेह सम्पन्न भएकाे थियाे ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar