धादिङ
धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुकाे समर्थनमा राेहित भण्डारीद्वारा धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएकाे छ ।
धादिङबेसीमा एक कार्यक्रम गर्दै यही पौष २६ र २७ गते हुने संघको ११ औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
धादिङ उद्योग वाणिज्य संघलाई व्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आफ्नो उम्मेदवारी दिएको बताउनुभएको छ ।
पूर्व अध्यक्षहरु तेजबहादुर भण्डारी, धुवबहादुर थापा, प्रभातकिरण सुवेदी, चन्द्रकान्त अधिकारी, वोदनाथ दुवाडी, निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्री र हालका बरिष्ठ उपाध्यक्ष तथा ११ औ अधिबेशन पछिका अध्यक्ष रामकुमार डल्लाकोटी लगाएतको उपस्थिति रहेको थियो ।
करिव ११ बर्ष कर्मचारी भई सेवा प्रदान गरेका भण्डारी हाल धादिङ उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य रहेका छन् । कर्मचारी हुँदा सवै ब्यवसायीको मन जितेका भण्डारी हाल कन्सल्टेन्सी (कर भ्याट) हार्डवयर, प्रोसेसिङ ड्रिकिङ वाटर, सुर्य नेपालको डिलरसिप ब्यवसाय र ठेक्का पट्टामा सक्रिय रहेका छन् ।
आफ्ना प्रतिवद्धतापत्र समेत सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेपनि भण्डारीले प्यानल भने सार्वजनिक गर्नुभएको छैन । कार्यक्रममा सहभागी व्यवसायी र समर्थकहरुको उपस्थितिको आधारमा नेकपा माओवादी निकट देखिए पनि स्पष्ट खुलाइएको छैन ।
भण्डारीका सार्वजनिक प्रतिवद्धताहरु :
धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा भौतिक रुपले आधुनिक, सेवा प्रवाहका हिसाबले ब्यवसाय मैत्री र क्षमताका हिसाबले सक्षम जनशक्ति सहितको ब्यवसायिक परामर्श केन्द्र स्थापना गर्ने छु ।
वैध रुपमा जिल्लामा संचालित सबै प्रकारका उद्यम, व्यवसायलाई संघमा आबध्द गरी उनीहरुको ब्यवसायिक प्रवध्र्दन र बजारीकरणमा मेरो प्राथमिकता रहने छ ।
उद्योग ब्यवसाय मैत्री नीतिको तर्जुमा, नीतिहरुको पुनरावलोकन र भय रहित ब्यवसाय विकासको वातावरण तयार गर्न प्रयत्नरत रहने छु
उद्यमशीलता,नेतृत्व विकास र प्राविधिक सीप विकासका कार्यशाला, सेमिनार र प्रशिक्षणहरु संचालन गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिल गर्न सघाउने छु ।
मेलाहरुलाई उत्सवका रुपमा संचालन गरी स्थानीय उत्पादनलाई राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा प्रवध्र्दन गर्दै स्थानीय ब्यवसायीहरु, लगानीकर्ताहरु र अन्तराष्ट्रिय साझेदारहरु बीच अन्तरकृयात्मक वातावरणको सिर्जना गर्ने छु ।
उद्यमी-ब्यवसायीहरुलाई ऋण वा लगानीका अवसरहरु सुरक्षित गर्न मद्दत गर्ने, वित्तिय संस्थाहरुसंग समन्वय गर्ने एवम् वित्तिय ब्यवस्थापन र अनुपालनका लागि वित्तिय र कानुनी सेवाहरुको अवसर प्रदान गर्ने छु ।
राष्ट्रिय–अन्तराष्ट्रिय फर्महरुसंग साझेदारी मार्फत नयाँ प्रविधिहरुमा जिल्लाका उद्यम ब्यवसायलाई जोड्ने छु ।
महिला, विपन्न, सिमान्तकृत समुदाय एवम् अपांगता भएका ब्यक्तिहरुका लागि संभाब्य उद्यम ब्यवसाय छनौट गरी उनीहरुको पहुँच स्थापित गर्ने छु ।
जिल्लाको पर्यटन प्रवध्र्दन, संस्कृतिको संरक्षणका क्षेत्रमा ब्यवसायिक संभाव्यताको थप अध्ययन गरी कार्यक्रम बनाउने छु ।
जिल्लाको राजमार्ग क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्नुछु । भने वुढीगण्डकी जलविद्युत परियोजना यथासिघ्र कार्यन्वयनमा ल्याउन संस्थागत पहल गर्नेछु ।
जिल्लाको मुख्य आम्दानीको श्रोत रहेको खनिजजन्य उत्पादन, जडीवुटी लगायतको विविधीकरण र वजारीकरणको लागि पहल गर्नेछु ।
स्थानीय तह स्तरमा उद्योग वाणिज्य संघको भुमिकालाई थप प्रभावकारी वनाउन स्थानीय तह स्तरिय उद्योग वाणिज्य समितिहरु गठन गरि सक्रिय वनाउनेछु ।
धादिङ उद्योग वाणिज्य संघसंग केही परियोजनागत असल सिकाइहरु छन्, आगामी दिनमा तपशीलका विषय क्षेत्रमा परियोजनाहरु संचालन गर्ने छु ।
लेखा, मार्केटिङ, वाणिज्य क्षेत्रहरुमा इ –कमर्स ल्पेटफर्मको विकास
कृषि उपजहरुको उत्पादन, प्रशोधन र बजारीकरण
स्थानीय हस्तकला र उद्योगको प्रवध्र्दन र क्लस्टर विकास
इको पर्यटन प्रवध्र्दन
स्थानीय बजारहरुको स्थापना र आधुनिकीकरण
सार्वजनिक नीजि साझेदारीबाट पूर्वाधार परियोजना संचालन एवम् औद्योगिक ग्राम स्थापना